click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

प्रेस विज्ञप्ति भारतीय विदेश सचिव श्री विनय क्वात्राको नेपाल भ्रमण (२०७९ फाल्गुण १–२ गते)

Posted by NepalSpace.com on February 14, 2023
0 Comments

प्रेस विज्ञप्ति
विदेश सचिव श्री विनय क्वात्राको नेपाल भ्रमण
(२०७९ फाल्गुण १–२ गते)

१. नेपालका परराष्ट्र सचिव श्री भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनु भएका भारतीय परराष्ट्र सचिव श्री विनय क्वात्राको दुई दिने औपचारिक भ्रमण आजबाट सुरु भयो । दुई परराष्ट्र सचिवबीच बिहान सम्पन्न वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भयो ।
२. गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गर्नुभयो । रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाए । साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रतरुपमा अगाडि बढाउने सहमति भयो ।
३. दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गर्यो जस अन्तर्गत नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई विजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ । नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गर्यो । भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गर्यो । भारतीय पक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राखेको छ । सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाए ।
४. विश्वमा व्याप्त कठिनाईको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना गर्यो ।
५. दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भयो । यस सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्रयाकमा सहभागीताका लागि नेपाललाई दिएको निमन्त्रणाको नेपाली पक्षले प्रशंसा गर्यो । नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शिघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गर्यो ।
६. परराष्ट्र सचिव क्वात्राले नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माननीय परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटघाटको क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरुबारे छलफल गरे ।
७. परराष्ट्र सचिव क्वात्राले सोही दिन पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र सचिव क्वात्राले भोलि नेपाल सरकारका वरिष्ठ अधिकारी र अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
८. जनता–जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको छ । दुई देशबीच हुदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अुनुरुप यो भ्रमण भएको हो ।

काठमाडौं
२०७९ फाल्गुण १ गते

Leave a Reply

Your email address will not be published.

Compare Properties