No Comments

घर जग्गा व्यवसायका चुनौतीहरू!!

घर जग्गा एक जटिल र गतिशील उद्योग हो, र कुनै पनि अन्य व्यवसाय जस्तै, यसको आफ्नै चुनौति र समस्याहरू छन्। यहाँ घर जग्गा व्यवसाय र व्यवसायीहरूले सामना गर्ने सबैभन्दा सामान्य समस्याहरू छन्:

अस्थिर बजार अवस्थाहरू: रियल इस्टेट बजार अस्थिर अवस्थाहरूको अधीनमा छ, जसले व्यवसायहरूलाई भविष्यको वृद्धिको लागि पूर्वानुमान र योजना बनाउन गाह्रो बनाउन सक्छ। ब्याज दर, आपूर्ति र माग, र आर्थिक अवस्था जस्ता कारकहरूले बजारलाई असर गर्न सक्छ।

नियामक चुनौतीहरू: रियल इस्टेट व्यवसायहरू विभिन्न नियमहरूको अधीनमा छन्, जोनिंग कानूनहरू, भवन कोडहरू, र वातावरणीय नियमहरू सहित। यी नियमहरू पालना गर्नु समय-खपत र महँगो प्रक्रिया हुन सक्छ, र पालना गर्न असफल हुँदा कानुनी र वित्तीय जरिवाना हुन सक्छ।

वित्तिय कठिनाइहरू: रियल इस्टेट परियोजनाहरूलाई प्रायः महत्त्वपूर्ण लगानी चाहिन्छ, र विशेष गरी साना वा नयाँ व्यवसायहरूको लागि वित्तपोषण प्राप्त गर्न चुनौती हुन सक्छ। बैंकहरू र अन्य ऋणदाताहरू प्रमाणित ट्र्याक रेकर्ड वा संपार्श्विक बिना व्यवसायहरूलाई ऋण दिन हिचकिचाउन सक्छन्।

सम्पत्ति व्यवस्थापनका समस्याहरू: एक पटक सम्पत्ति खरिद गरिसकेपछि, अधिकतम लाभ सुनिश्चित गर्न यसलाई प्रभावकारी रूपमा व्यवस्थित गर्नुपर्छ। यसमा मर्मत, मर्मत, र भाडामा लिने व्यवस्थापन समावेश हुन सक्छ। खराब व्यवस्थापनले रिक्त पदहरू, आम्दानी हानि, र कानुनी समस्याहरू निम्त्याउन सक्छ।

प्रतिस्पर्धा: घर जग्गा व्यवसायहरूले उद्योगमा अन्य व्यवसायहरूबाट तीव्र प्रतिस्पर्धाको सामना गर्छन्। प्रतियोगीहरूले समान सेवा वा गुणहरू प्रस्ताव गर्न सक्छन्, जसले बजारमा फरक पार्न र खडा हुन गाह्रो बनाउन सक्छ।

टेक्नोलोजी चुनौतीहरू: घर जग्गा उद्योगले नयाँ प्रविधिहरू अपनाउन ढिलो भएको छ, जसले व्यवसायहरूलाई नोक्सानमा पार्न सक्छ। प्राविधिक उन्नतिहरू पालना गर्न असफल हुने व्यवसायहरू पछाडि पर्न र बजार साझेदारी गुमाउने जोखिममा छन्।

प्रतिष्ठा व्यवस्थापन: रियल इस्टेट उद्योगमा प्रतिष्ठा महत्वपूर्ण छ, र व्यवसायहरूले सकारात्मक छवि कायम राख्न कडा मेहनत गर्नुपर्छ। नकारात्मक समीक्षा, खराब ग्राहक सेवा, वा अनैतिक अभ्यासहरूले व्यवसायको प्रतिष्ठालाई हानि पुऱ्याउन सक्छ र व्यापार घाटा हुन सक्छ।

निष्कर्षमा, घर जग्गा व्यवसाय र व्यवसायीहरूले विभिन्न चुनौतीहरूको सामना गर्छन् जसका लागि सावधान योजना, रणनीतिक सोच र प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ। यी चुनौतीहरू बुझेर र तिनीहरूलाई पार गर्न रणनीतिहरू विकास गरेर, व्यवसायहरू यस गतिशील उद्योगमा सफल हुन सक्छन्।

No Comments

महामारीमा पैसा हुने उठाउँदैछन् सस्तोमा महँगा घरजग्गा, एउटैले किन्यो ४८ करोडको प्रोपर्टी

काठमाडौं। कोभिड महामारीले अर्थतन्त्रलाई गाँज्दा घरजग्गा व्यवसायमा मन्दी देखिएको समयमा समेत काठमाडौंमा दर्जनौ महँगा प्रोपर्टीहरु किनबेच भएका छन्।

यो आर्थिक वर्षको गत साउनयता मात्रै दर्जनौं व्यक्ति तथा कम्पनीले १० करोड रुपैयाँमाथिका थुप्रै घरजग्गा खरिदबिक्री गरेका छन् । यसमा नामै नसुनिएका क्रेता-बिक्रेताहरुसमेत देखिएका छन्।

व्यापार-व्यावसायका लागि प्रतिकूल वातावरण हुँदा आय खुम्चिएकाले यो समयमा घरजग्गामा ठूलो रकम खर्चिने लगानीकर्ता पाउन मुस्किल पर्छ। यसका बाबजुद एउटै क्रेताले ४८ करोडको घरजग्गा किनेको पनि फेला परेको छ। यी सबै किनबेच घरजग्गाका लागि देशकै महँगो शहर काठमाडौं उपत्यकाभित्र भएका हुन् ।

चालु वर्षको पछिल्लो तीन महिनामा भएका ठूलो रकमका कारोबारहरुमा व्यक्ति-व्यक्तिबीच भएका कारोबारहरु एउटा मात्र रहेको देखिन्छ। 

यस्तै, आधा दर्जन किनबेच व्यक्ति र संस्थाबीच भएको छ, जसमध्ये अधिकांशमा व्यक्तिको स्वामित्वमा रहेका प्रोपर्टी संस्थाले खरिद गरेको छ भने संस्थाबाट व्यक्तिले लिएको कारोबार एउटा मात्र देखिन्छ। 

सम्बन्धित मालपोत कार्यालयहरुले दिएको जानकारी अनुसार, काठमाडौं महानगरपालिका-१ स्थायी ठेगाना उल्लेख भएको स्काइलाइन डेभलपर्स प्रालि नामको कम्पनीले ४८ करोड रुपैयाँको घरजग्गा किनेको देखिएको हो। काठमाडौं-३१ स्थायी ठेगाना भएका तुसार तोदीबाट गत साउनमा स्काइलाइनले उक्त रकममा घरजग्गा किनेको हो।

आइटी ग्लोबल प्रालिले पनि काठमाडौं-१९ का शैलेन्द्र श्रेष्ठ र ललितपुर-३ की रिता बस्नेत गरी दुई जनाको नाममा रहेको क्रमशः १० र ११ करोड रुपैयाँका गरी कुल २१ करोड रुपैयाँको घरजग्गा किनेको छ।

यस्तै, मोरङका ज्ञानेन्द्र श्रेष्ठले काठमाडौं-३१ स्थायी ठेगाना भएको ओम समाज हाउजिङबाट १५ करोड २७ लाख रुपैयाँको घरजग्गा किनेका छन् । 

धितोपत्र दलाल कम्पनी नासा सेक्युरिटिजले पनि ललितपुर-२ का देवीप्रकाश भट्टचनबाट १३ करोड रुपैयाँको घरजग्गा किनेको छ। भट्टचन प्रभु समूहका अध्यक्ष हुन्। 

साथै, कास्कीको भरतपोखरीका कृष्ण आचार्यले चितवनको भरतपुरका देवी अधिकारीबाट ११ करोड रुपैयाँ पर्ने घरजग्गा किनेका छन्। यो प्रोपर्टी पनि काठमाडौं उपत्यकाभित्रैको रहेको छ। 

आईएनजी कन्सल्टिङ प्रालिले जीतपुरफेदी काठमाडौंका मदनकृष्ण श्रेष्ठबाट पनि १२ करोड २५ लाख रुपैयाँको घरजग्गा किनेको छ।

प्रतिकूल अवस्थामा पनि करोडौंका घरजग्गा खरिदारीका यी केही उदाहरण हुन्। चालु वर्षको तीन महिनामा खासगरी काठमाठौं उपत्यकाभित्र १० करोड रुपैयाँभन्दा बढीमा किनबेच भएका प्रोपर्टीहरु अन्य पनि केही संख्यामा रहेको मालपोत कार्यालयहरुले जनाएका छन्। यद्यपि, ती कारोबारबारे थप विवरण भने ती मालपोत कार्यालय स्रोतले खुलाउन चाहेनन्। 

आय घट्दा पनि किन हुँदैछ घरजग्गामा ठूलो लगानी
कोभिड महामारीका कारण अधिकांशको आम्दानी तुलनात्मक रूपमा घटेको भए पनि सीमित व्यक्ति तथा संस्थाहरुले यो अवस्थामा पनि व्यापारिक अवसर सिर्जना गरेर मनग्गे आम्दानी गर्न सफल भएको र त्यस्तो आम्दानी घरजग्गामा लगानी गरेको रियल इस्टेट बजारलाई नजिकबाट बुझेका विज्ञहरुको भनाइ छ ।

त्यसरी अहिले राम्रो आम्दानी गर्ने केही व्यक्ति तथा संस्थाले समस्यामा परेका जग्गाधनीसँग मोलमोलाई गर्दै चलनचल्तीको मूल्यभन्दा केही सस्तोमै घरजग्गा उठाएको यस क्षेत्रका जानकारहरु बताउँछन्।

यस्तै, बैंक कर्जा तथा अन्य आर्थिक दायित्वका कारण अर्थतन्त्रले गति लिने अनिश्चितता भएको समयमा धेरैले चलनचल्तीको भन्दा पनि निकै सस्तो मूल्यमा घरजग्गा बिक्री गर्न खोज्ने प्रवृत्ति संसारभर नै हुन्छ। यसैले नगद लगायतका तरल सम्पत्ति प्रशस्त भएकाहरुले यस्तो आर्थिक मन्दीको अवस्थालाई घरजग्गामा लगानी गर्ने उपयुक्त अवसरका रूपमा प्रयोग गर्दै आएका छन्। 

विश्वभर कायम यो प्रवृत्ति यतिबेला नेपालमा समेत सानो परिमाणमै भए पनि देखिएको रियल इस्टेट बजारका जानकारहरुको भनाइ छ। सोहीअनुरुप यतिबेला तुलनात्मकरूपमा सस्तो मूल्यमै घरजग्गा जोड्न सकिने भएपछि व्यावसायिक लाभका लागि महँगा प्रोपर्टीहरु खरिद गर्नेहरु पनि भएको उनीहरु बताउँछन्।

अर्थतन्त्र पुरानो लयमा कहिलेसम्ममा फर्किन्छ भन्ने अनिश्चयका कारण प्रोपर्टी बजारमा हाल किनबेचमा चर्को बार्गेनिङ भएकाले यतिबेला हजारौं प्रोपर्टीहरु बिक्रीका लागि बजारमा उपलब्ध छन्। क्रेतासँग बहु-छनोटको सुविधा भएसँगै बार्गेनिङ पावरसमेत बढेको रियलस्टेट व्यवसायी बताउँछन्।

भीआइपी आवासीय क्षेत्र भनेर चिनिने काठमाडौंको बुढानिलकण्ठ, ललितपुरको भैंसेपाटी, सानेपा लगायतका साथै व्यापारिक केन्द्र न्युरोड र ठमेल लगायतका ठाउँका पनि यतिबेला सयौं प्रोपर्टीहरु बिक्रीमा राखिएका छन्। यसबाट पनि देशकै महँगो शहर काठमाडौं उपत्यकामा करोडौं मूल्य पर्ने प्रोपर्टीमा लगानी गरेकाहरु कोभिड-१९ का कारण यतिबेला ‘डिस्ट्रेस सेल’ मा पुगेको जनाउँछ।

-अमर बडुवाल/बिजमाण्डू