click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

धार्मिक सम्पदाहरुको जग्गा अतिक्रमणबारे एकिन गर्न सरकारलाई निर्देशन

Posted by NepalSpace.com on October 22, 2020
0 Comments

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भएरनभएको एकिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भएरनभएको एकिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडी बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ । समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिएइको बताइन् ।

समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ । पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्डअनुसार काम अघि बढाउन पनि निर्देशन दिएको छ । यस्तै संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.

Compare Properties