click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

विभाजनको सँघारमा नेकपा, फुट्यो भने तत्काल देखिन सक्ने प्रभावहरु यस्ता हुन सक्छन्

Posted by NepalSpace.com on November 2, 2020
0 Comments

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ ।

शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा एक नेताले बताए।

विगत साढे दुई वर्षयताको नेकपाभित्रको शक्ति संघर्ष हेर्दा विवाद हल हुने संकेत देखिँदैन । या विवादलाई व्यवस्थापन गरेर महाधिवेशनसम्म पुग्छन् कि भन्ने आशा पनि अब क्षीण हुन थालेको छ । ओलीले लगभग सम्झौता नगर्ने बरु पार्टी नै फुटाउने आफ्नो पोजिसन स्पष्ट पारिसकेका प्रष्ट देख्न सकिन्छ ।

नेकपा पार्टीमा फुट् आयो भने के–के होला ?

सत्तारुढ नेकपामा विभाजन आयो भने त्यसले देश र पार्टीलाई पार्ने असर सकारात्मक भन्दा पनि नकारात्मक नै बढी हुनेछ । यो विभाजनबाट पूर्वएमाले वा पूर्वमाओवादी कुनै पनि पक्षलाई फाइदा पुगिहाल्ने देखिँदैन । पार्टी विभाजन हुँदा तत्काल देखिन सक्ने प्रभावहरु यस्ता हुन सक्छन्–

– सत्तारुढ दलमा विभाजन आयो भने सरकारले संसदको विश्वास गुमाउन सक्छ । त्यो अवस्थामा प्रधानमन्त्री ओलीले सरकारमा टिकिरहनका लागि या त कांग्रेसलगायतका अन्य दलको सहारा खोज्न सक्छन्, या संकटकालको बाटो रोज्न सक्छन् । ओलीले विश्वास गुमाइहाले भने पनि अर्को पक्षले सरकार बनाउनका लागि अन्य दलसँग गठबन्धन गर्नुपर्ने हुन्छ, त्यो सम्भव भएन भने मुलुक मध्यावधि चुनावमा जाने स्थिति आउन सक्छ । यो स्थिति आएमा आगामी चुनाव नेकपाका लागि फलामको च्यूरा बन्न सक्छ ।

–अहिले केपी ओली पक्षले जनतामा विश्वास गुमाएको स्थिति रहेको र जसले पार्टी फुटाउँछ, उसप्रति जनताको समर्थन नहुने विगतको परम्परालाई हेर्दा अहिलेकै स्थितिमा पार्टी फुटेमा ओली पक्ष निकै नै प्रतिरक्षात्मक अवस्थामा पुग्ने देखिन्छ । उसलाई सरकारमा टिकाउनका लागि नेपाली कांग्रेसले भरथेग गर्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन । त्यसैले पार्टी विभाजनबाट दुबै पक्षलाई घाटा लागे पनि ओली पक्षलाई नै बढ्ता क्षति पुग्ने वस्तुस्थिति छ ।

– सत्तारुढ दलमा विभाजन आयो भने पूर्वएमाले र पूर्वमाओवादी कै रुपमा चोइटिने सम्वभावना पनि अहिलेसम्म कमै छ । किनभने पूर्वमाओवादीका नेताहरु लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी आदिले आफूलाई साथ दिन्छन् भन्ने ओली पक्षमा विश्वास देखिन्छ । पद बाँड्न सकियो भने पूर्वमाओवादीका अरु पनि नेतालाई तान्न सकिन्छ भन्ने ओली पक्षमा आश छ र यसलाई पूरै निराधार पनि भन्न सकिँदैन । तर, अर्कोतर्फ पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालजस्ता हस्तीहरु पूर्वएमालेका नाममा ओली समूहमा लाग्ने सम्भावना पनि उत्तिकै क्षीण छ । यो स्थितिमा पार्टी विभाजन पूर्वएमाले भर्सेस पूर्वमाओवादीका रुपमा नभएर छ्यासमिस हुने देखिन्छ । अहिले केपी ओलीकै पक्षमा लागेका पूर्वएमालेकै नेताहरु पनि भोलि उनको गुटमा नरहन सक्छन् ।

– यदि सत्तारुढ नेकपामा फुट भइहाल्यो भने केन्द्र सरकारमात्रै ढल्ने सम्भावना हुँदैन, ६ वटा प्रदेशमा रहेका नेकपा सरकारहरुमा पनि उथल–पुथल हुनेछ र देशभरि निकै ठूलो राजनीतिक हलचल उत्पन्न हुने निश्चित छ ।

र, यो कुरा पनि निश्चित छ कि नेकपाको फुटले उसको पार्टीलाई मात्रै होइन, देशलाई पनि फाइदा गर्दैन । राजनीतिक अस्थिरताबाहेक मुलुकले केही पाउँदैन ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess