click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

आठ महिनामा ३२१ अपार्टमेन्ट खरिद बिक्री, कुन महिना कति ?

Posted by NepalSpace.com on March 28, 2021
0 Comments

काठमाडौं । चालु आर्थिक बर्षको आठ महिनामा काठमाडौं उपत्यका, पोखरा र झापामा ३ सय २१ अपार्टमेन्ट खरिद बिक्री भएका छन् । अपार्टमेन्ट स्टक सकिएको हुनाले खरिद बिक्री सानो संख्यामा देखिएको हो । ०७२ को भूकम्पपछि नयाँ अपार्टमेन्ट परियोजना आउन नक्सदा अहिले ग्राहकले चाहेर पनि अपार्टमेन्ट खरिद गर्न नपाउने अवस्था छ । अहिले धेरैजसो पुराना अपार्टमेन्ट खरिद बिक्री भइरहेको रियलटस्टेट एजेन्ट बताउँछन् ।  

एक दर्जन अपार्टमेन्ट आउँदै

भूकम्पको ५ बर्षपछि पछिल्लो समय झन्डै एक दर्जन हाराहारी अपार्टमेन्ट निर्माण सुरु भएका छन् । यी अपार्टमेन्ट निर्माण सम्पन्न भएपछि एक हदसम्म आपूर्ति बढ्ने विश्वास लिइएको छ । अवास विकास कम्पनीहरुका अनुसार अहिले अपार्टमेन्ट खरिद गर्ने ग्राहक भेटिए पनि स्टक अपार्टमेन्ट भेटिदैनन । 

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठका अनुसार भूकम्पअघि करिब ४ हजार ७ सय युनिट अपार्टमेन्ट बिक्री गर्न बाँकी रहेकोमा अहिले स्टक सकिन थालिसकेको छ । ‘अहिले उपभोक्ताले अपार्टमेन्ट खोज्न थालेका छन्,’ उनी भन्छन्, ‘तर, हामीसँग बिक्रीका लागि अपार्टमेन्ट बाँकी छैनन् ।’

२०७२ को भूकम्पपछि आवास विकास कम्पनी अपार्टमेन्ट निर्माण छोडेर एकल बंग्लो निर्माणमा केन्द्रित भए । त्यसैले पनि अपार्टमेन्टको स्टक सकिन थालेको हो ।

साउनमा १९ अर्पाटमेन्ट किनबेच

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा किनबेच भएका १९ अपार्टमेन्टमध्ये भद्रपुर मालपोत झापाबाट १, लगनखेल १०, डिल्लीबजार २, चाबेल ३, कलंकी २, टोखा मालपोतबाट १ वटा किनबेच भएका छन् ।

भदौमा २ अर्पाटमेन्ट किनबेच

भदौ महिनामा दुईवटा मात्र अपार्टमेन्ट किनबेच भएका छन् । भदौमा चाबेल र डिल्लीबजार मालपोत कार्यालयबाट एक÷एक अपार्टमेन्ट किनबेच भएका हुन् ।

असोजमा १० अर्पाटमेन्ट किनबेच

असोज  महिनमा १० वटा अपार्टमेन्ट किनबेच भएका छन् जसमध्ये ललितपुरको लगनखेल मालपोतबाट ५, चाबाहिल ३ र कलंकी मालपोटबाट २ अपार्टमेन्ट किनबेच भएका हुन् ।

कार्तिकमा १० अर्पाटमेन्ट किनबेच

अशोज महिनमा १० वटा अपार्टमेन्ट किनबेच भएका छन् जसमध्ये ललितपुरको लगनखेल मालपोतबाट ५, चाबाहिल ३ र कलंकी मालपोटबाट २ अपार्टमेन्ट किनबेच भएका हुन् ।

मंसिरमा ८७ अर्पाटमेन्ट किनबेच

मंसिर महिनमाा किनबेच भएका कुल ८७ अपार्टमेन्टमध्ये ललितपुरको लगनखेलबाट मात्र ३० वटा अपार्टमेन्ट किनबेच भएका छन् । यस्तै, डिल्लीबजारबाट १०, चाबाहिलबाट ४, कलंकी ३, टोखा ५, कास्की पोखरामा ३५ अपार्टमेन्ट किनबेच भएको विभागको तथ्यांकमा देखिन्छ ।

पुसमा ७१ अर्पाटमेन्ट किनबेच

पुस महिनामा देशभर ७१ अपार्टमेन्ट खरिद बिक्री भएका छन् । ललितपुरको लगनखेल मालपोतबाट ३३, डिल्लीबजारबाट १३, चाबाहिल ४, टोखा ११ र पोखरामा १० वटा अपार्टमेन्ट किनबेच भएको देखिन्छ ।

माघमा ६४ अपार्टमेन्ट किनबेच 

माघ महिनामा बिक्री भएका ६४ अपार्टमेन्टमध्ये ललितपुरको लगनखेल मालपोतबाट ३७ युनिट, डिल्लीबजार मालपोतबाट १३ युनिट, चावहिल मालपोतबाट ८ युनिट, कलंकी र टोखा मालपोतबाट ३-३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । माघमा कास्की मालपोत कार्यालयबाट एउटै अपार्टमेन्ट किनबेच भएका छैनन् जबकी मंसिरमा कास्कीमा ३५ युनिट र पुसमा १० युनिट अपार्टमेन्ट खरिद बिक्री भएका थिए ।

फाुगनमा ५८ अर्पाटमेन्ट किनबेच

विभागका अनुसार फागुन महिनामा ५८ अपार्टमेन्ट किनबेच भएका छन् जसमध्ये ललितपुर लगनखेल मालपोतबाट ३१, डिल्लीबजारबाट २०, चाबाहिल २, कलंकी ४ र पोखरामा १ अपार्टमेन्ट किनबेच भएका छन् ।
Source: NepalHomes

Leave a Reply

Your email address will not be published.

Compare Properties