click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

सोल्टी सिटीमा अपार्टमेन्ट किन्दा हुन्डाइको ग्रान्ड आइ–२० र हुन्डाई आइ-१० निओस कार ‘उपहार’

Posted by NepalSpace.com on March 25, 2023
0 Comments

काठमाडौं । पछिल्लो समय घरजग्गा खरिदबिक्री चुनौतिपूर्ण बन्दै  गएको छ। विश्वव्यापी रूपमा आर्थिक मन्दी लागेसँगै घरजग्गा किनबेच ओरालो लाग्दै गएको हो। गत बर्षको तुलनामा यो वर्ष घरजग्गा कारोबार लगभग आधा मात्रै छ।

त्यसैले ग्राहकहरूलाई आकर्षित गर्न व्यवसायीहरूले विभिन्न सुविधा दिन थालेका छन्।

सोल्टी सिटी अपार्टमेन्टले ग्राहकहरुका लागि अफर ल्याएको छ । कम्पनीले अपार्टमेन्ट खरिद गर्दा हुन्डाई ग्रान्ड आइ–२० र  हुन्डाई आइ-१० निओस उपहार दिने अफर ल्याएको हो ।

अहिले काठमाडौं, रविभवनस्थित ‘सोल्टी सिटी’ अपार्टमेन्टमा फ्ल्याट किन्दा गाडी उपहार पाइने भएको छ। यो अपार्टमेन्ट प्लाटिनम डेभलपर्सले निर्माण गरेको हो।

‘घरजग्गा व्यवसायको बजार बढाउन यस्तो योजना ल्याएका हौं,’ प्लाटिनम डेभलपर्सका निर्देशक विशाल अग्रवालले भने।

कम्पनीले सोल्टी सिटीमा ११६० वर्गफिटको तीन बेडरूम किन्ने ग्राहकलाई हुन्डाई ग्रान्ड आइ–२० दिने योजना ल्याएको हो। कम्पनीले ११६० वर्गफिटको तीन बेडरूम फ्ल्याटको मूल्य २ करोड ४३ लाख रूपैयाँ तोकेको छ। यो फ्ल्याट किन्दा  ४० लाख रूपैयाँ मूल्य पर्ने हुन्डाई गाडी निःशुल्क पाइने भएको हो।

त्यस्तै ९२० स्क्वारयरफिटको थ्रीबएचके (तीन बेडरुम, १ लिभिङ रुम र एक किचन) अपार्टमेन्ट खरिदमा ३० लाख मूल्य पर्ने गाडी दिएने कम्पनीले जनाएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड ९३ लाख रुपैयाँ तोकिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएसँगै अधिकांश क्षेत्रको व्यापारमा ठूला धक्का पुगेको छ । त्यसमा पनि घरजग्गा किनबेचमा उच्च प्रभाव परेको छ ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । जसले गर्दा अधिकांश क्षेत्रमा मन्दी छाएको छ ।

त्यस्तै, सोल्टी अपार्टमेन्टले आर्थिक मन्दीको समयमा ग्राहकहरुलाई आकर्षित गर्न अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

नेपालस्पेश

Leave a Reply

Your email address will not be published.

Compare Properties