click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरविजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय

Posted by NepalSpace.com on September 9, 2020
0 Comments

काठमाडौं २४,भदौ : काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक-निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ । भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं ललितपुर भक्तपुर लिल्ला प्रशासनले गरेको हो।

बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।

यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय अनुसार व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess