click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

घरजग्गा किन्दा ठगीनु होला है, तपाइँलाई काम लाग्छन यी सुझावहरु

Posted by NepalSpace.com on September 24, 2020
0 Comments

वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ ।

आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ ।

घर निर्माणको लागि जमीन खरिद गर्दा वास्तुमा आधारित कुराहरुको विशेष ध्यान राख्नु पर्दछ । आफ्नो घरमा खुशियाली बनाउनको लागि यी कुराहरुले महत्वपूर्ण भूमिका खेल्दछ । मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस ।

यहि सपना पुरा गर्नको लागी मानिसहरु रातदिन, घामपानी, हुरीबतास नभनीकन धन, सम्पति, पैसा, मान, प्रतिष्ठा र इज्जत कमाउनको लागी दौडी रहेका हुन्छन् । यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरु

जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पुयाएर मात्र किन्नु उपयुक्त हुन्छ ।

१. जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।

२. जग्गासम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पुयाएर मात्र छनौट गर्नुपर्छ ।

३. वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ ।

४. सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि ।

५. जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पुयाउनु पर्छ ।

६. भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।

७. जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पुयाएर मात्र जग्गा खरिद गर्नुपर्छ ।

८. नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।

९. उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।

घर किन्दा ध्यान दिनुपर्ने कुराहरु

१. घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

२. घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ ।

३. भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

४. घरको लोकेशन ठाउँ पनि विचार पुयाउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ ।

५. सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ ।

६. वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

७. घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पुयाएर मात्र घर किन्नु राम्रो हुन्छ ।

८. कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।

९. सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पुयाएर घर किन्नुपर्छ ।

१०. समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

११. प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पुयाएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।

१२. घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

१३. घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ ।

१४. बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।

– मालपोत खबर डट कम

Leave a Reply

Your email address will not be published.

Compare Propertiess