click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित नेकपाका नेता श्याम बज्रचार्य पक्राउ

Posted by NepalSpace.com on June 13, 2020
0 Comments

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम बज्रचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

 बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनले राखेको सकेट बम भएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए । पक्राउ परेका बज्रचार्य विप्लव नेकपाको जिल्ला सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published.

Compare Propertiess