click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

आजबाट पसल खुल्ने, निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीमा खुल्ने! एसइई परीक्षा भने यस बर्ष नहुने !!

Posted by NepalSpace.com on June 11, 2020
0 Comments

काठमाडौं, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमासंचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्माओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनिखुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारीसाधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् ।  

त्यस्तै यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धितस्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले नेपालस्पेश लाईजानकारी दिए।

सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१दिन लागू हुनेछ।

Leave a Reply

Your email address will not be published.

Compare Properties