काठमाण्डौ, सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले यस्तो प्रस्ताव गरेको हो ।
प्रस्तावमा जेष्ठ २५ गतेदेखि एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा छोटो दुरीका यात्रूबाहक सवारी संचालन गर्न दिने प्रस्ताव छ । प्रस्तावमा जिल्ला नकाट्ने गरी र गाडीको क्षमता भन्दा आधा मात्र यात्रु राख्ने गरी यात्रुबाहक गाडी चल्न दिने उल्लेख छ ।
त्यस्तै कपाल काट्ने सैलुन र पसल तथा डिपार्टमेन्ट स्टोर पनि पनि खोल्न दिने उल्लेख छ । त्यस्तै सम्बन्धित कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधन चलन दिने प्रस्तावमा उल्लेख छ । तर दूईपांग्रेको हकमा भने चालकमात्र बस्न पाउने छ । त्यस्तै सोहि मिति देखि नै अस्पताल, प्रयोशाला र निजि क्लिनिकहरु खोल्न दिने प्रस्ताव छ ।
यसरी लकडाउन खोल्दाको अवस्थामा पनि व्यक्ति व्यक्तिबीच १ मिटरको दुरी कायम राख्नु पर्ने र आवश्यक सरसफाईको प्रोटोकल पालना गर्नु पर्ने छ ।
त्यस्तै एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यबसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दुरीका सवारीसाधनहरु, सपिंङ मलहरु, र निश्चित समय तोकेर मदिराजन्य पदार्थ बिक्रि गर्ने पसल खोल्न दिने प्रस्ताव छ ।
तर हवाई सेवा र यात्रु बाहक सवारीमा भने क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाईने छ । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र यो लागु हुनेछ ।
Comments (0)