click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

बखुण्डोल स्थित समिट होटलको ठाउँमा अपार्टमेन्ट सहितको पाँचतारे होटल बन्ने !!

Posted by NepalSpace.com on May 7, 2021
0 Comments

ललितपुरको कुपन्डोल हाइटस्थित समिट होटल भएको ठाउँमा अपार्टमेन्ट सहितको नयाँ होटल बन्ने भएको छ। लगानीकर्ताहरूले यो ठाउँमा पाँचतारे होटल बनाउने भएका हुन्।

समिटका मुख्य लगानीकर्तामध्येको एक एनई ग्रुपका निर्देशक रवीन्द्रभक्त श्रेष्ठका अनुसार यहाँ काठमाडौंकै ‘आइकनिक’ होटल बनाउने आयोजना अघि बढेको छ।

‘सहरको केन्द्रमा बन्ने होटलको आफ्नै महत्व छ। त्यसमाथि हाम्रा अन्य होटल पनि छन्, अरू होटलमाझ अर्को होटल थप्न यो आयोजना अघि बढेको होइन। यसमा हामी केही फरक गर्छौं,’ श्रेष्ठले भने।

अहिले १६ रोपनी क्षेत्रफलमा फैलिएको समिटको ठाउँमा पाँचतारे होटलसँगै सर्भिस अपार्टमेन्ट र ‘ब्रान्डेड रेजिडेन्सी’ पनि बन्ने भएको छ। होटल र अपार्टमेन्टको भाग छुट्टै भए पनि सबै कोठाको व्यवस्थापन भने होटलले नै सम्हाल्नेछ।

यसमा हामी अपार्टमेन्ट नै बनाउँछौं। कसैले चाहेमा अपार्टमेन्ट किन्न सक्छन्। लालपूर्जासहितको अपार्टमेन्टको स्वामित्व ग्राहकको हुन्छ। तर त्यसको व्यवस्थापन होटलले गर्छ,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यसरी व्यवस्थापनबाट भएको आम्दानी अपार्टमेन्टको स्वामित्वकर्ता र होटलबीच बाँडफाँट हुन्छ।’

आवासीयका लागि भन्दा पनि अपार्टमेन्टमा लगानी गरेर त्यसबाट नियमित आम्दानी लिन खोज्नेका लागि यो परियोजनाले अवसर दिने छ। यस्तो अवधारणाको होटल परियोजना नेपालमै पहिलो भएको श्रेष्ठले बताए।

यसरी सञ्चालन हुने अपार्टमेन्टमा बस्नेका लागि अरू सामान्य अपार्टमेन्टको तुलनामा स्तरीय सुविधा हुने उनको भनाइ छ। होटलकै व्यवस्थापनमा सञ्चालन हुने त्यस्ता अपार्टमेन्टमा बस्नेले व्यवस्थित सुविधाको ग्यारेन्टी पाउने श्रेष्ठको दाबी छ।

‘यो अन्तर्राष्ट्रियस्तरको अपार्टमेन्ट बनाउने हो। अपार्टमेन्ट राम्रो किनेर सेवा नपाउने हो भने झुर हुन्छ। जस्तो कसैलाई फुड डेलिभरी आयो भने काम गर्दागर्दै लिन जान गाह्रो हुन्छ। त्यस्तोमा फ्रन्ट डेस्कले राख्छ र उसैले पठाइदिन्छ। त्यस्तै सुरक्षा, स्विमिङ पुल, फिटनेस सेन्टर पनि होटलको जस्तै भइहाल्छ,’ श्रेष्ठले भने।

यो परियोजनामा होटलका एक सय २९ वटा कोठा र ४८ वटा अपार्टमेन्ट हुनेछन्। अपार्टमेन्ट विश्वस्तरीय सञ्जाल भएको व्यवस्थापन वा चेनबाट सञ्चालन हुने जानकारी पनि श्रेष्ठले दिए। नेपालमा अहिलेसम्म नआएका अन्तर्राष्ट्रिय चेनसँग छलफल भइरहेको तर कुन आउने भन्ने टुंगो नलागेको उनले बताए।

नेपालमा पाँचतारे होटलमै लगानी गरिरहेको एनई ग्रुप तथा अन्तर्राष्ट्रिय बजारकै होटलमा लगानी गरिरहेको चौधरी ग्रुपसमेतको लगानीमा बन्ने यो होटल वैकल्पिक आम्दानीको स्रोत सिर्जना गर्नेगरी अघि बढ्न लागेको हो।

‘महामारीबाट हामीले सिक्नुपर्ने पाठ धेरै छन्। हामीले होटल त चलाइरहेकै थियौं, दीगो आम्दानीका स्रोत सुनिश्चित गर्न पनि यो अवधारणामा जाने भएका हौं,’ श्रेष्ठले भने, ‘होटल छोटो समयका लागि आउने पाहुनाबाट चल्छ तर अपार्टमेन्ट लामो समय बस्नेका लागि हुन्छ। त्यसबाट एकप्रकारको आम्दानी निरन्तर हुन्छ।’

अन्तर्राष्ट्रिय चेन ल्याएर होटल चलाउने भएपछि समिट नाम पनि अब रहने छैन। तर अहिले यहाँ भएको हरियाली (रूखबिरूवा-बगैंचा) भने कायमै हुने श्रेष्ठले जानकारी दिए। अहिलेको हरियाली वातावरण यथावत हुने गरी नयाँ होटलको डिजाइन गरिएको श्रेष्ठले बताए।

यो कुल परियोजनाको लागत अहिलेसम्म निश्चित अनुमान नगरिएको पनि उनको भनाइ छ।

Source: Setopati.Com

Leave a Reply

Your email address will not be published.

Compare Properties