click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

नेपालमै १४ लाखमा यसरी बनाउन सकिन्छ कोरियन प्रविधिको आधुनिक घर (भिडियोसहित)

Posted by NepalSpace.com on October 17, 2020
0 Comments

काठमाडौं । आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् । यो अधिकांश नेपालीको सपना हो । किनभने हामी नेपालीहरु फ्ल्याट सेयरिङमा भन्दा आफ्नै स्वामित्वको अलग्गै घर होस् भन्ने चाहना राख्छौं । हामीहरु रोजगारी खोज्न, अध्ययन गर्न, व्यापार व्यवसाय गर्न दिनानुदिन शहर बजार प्रवेश गरिरहेका हुन्छौं । बढ्दो शहरीकरणसँगै जग्गाको भाउ आकासिँदै गएको छ ।

तपाईंहामीमध्ये अधिकांशले दशौं वर्ष मिहेनत गरेर एउटा टुक्रा जग्गा जोड्छौं । र, घर बनाउनका लागि फेरि वर्षौं संघर्ष गरिरहेका छौं ।
त्यसैका लागि हामी स्वदेशमा होस् वा विदेशमा दिनरात घोटिएर काम खाइरहेका छौं ।

आरसीसी ढलान गरेको सामान्य डिजाइनको एकतले घर बनाउनुपर्यो भने पनि ३०/३५ लाख रुपैयाँ खर्च हुन्छ । सामान्य वर्गका मान्छेलाई त्यतिका पैसा जम्मा गर्न निकै कठिन हुन्छ । सायद आजका दिनमा तपाईंले पनि यो समस्या भोगिरहनु भएको हुनसक्छ । तपाईंसँग जग्गा छ तर पुँजीको अभावमा घर बनाउन सकिरहनु भएको छैन भने तपाईंका लागि यो समाचार निश्चय पनि उपयोगी बन्नेछ ।

तपाईंले सस्तो मूल्यमै आकर्षक, अत्याधुनिक र वर्षौं टिकाउ हुने कोरियन प्रविधिको घर बनाउन सक्नुहुनेछ । एसवाई प्यानल नेपालले तपाईंको रोजाइ अनुसारको डिजाइनमा सस्तो मूल्यमै चिटिक्कको घर बनाइदिन्छ ।

एसवाई प्यानल अन्तर्गतका ५३ वटा हाउजिङ तथा कन्स्ट्रक्सनले न्यूनतम १४ लाख रुपैयाँदेखि अघिकमत ३० लाख रुपैयाँसम्मका भुकम्प प्रतिरोधी, अत्याधुनिक सुविधा सम्पन्न अकर्षण घर बनाइरहेका छन् । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी कम लागतमा १ महिनादेखि अढाई महिनाभित्रमा तपाईंको सपनाको घर बनाइदिन्छ ।

‘हामीले विगत ३ वर्षअघिबाट एसवाइद्वारा उत्पादन भएको फेब्रिकेटेड प्रयोग गरी ग्राहकको रोजाई अनुसारको घर बनाइरहेको बताउँछन्, हाउजिङ एण्ड बिण्डबी कन्स्ट्रक्सनका सञ्चालक बासु सापकोटा ।‘४ कोठे एक तलाको बनाउने हो भने १४ लाख रुपैयाँमा १ महिनासम्म तयार हुन्छ,’ सापकोटाले भने ।

यदि राम्रो आकर्षक इन्टेरियर डिजाइनिङमा सेमी फर्निचरसहित बनाउँदा भने अधिकतम ३० लाख रुपैयाँसम्म लाग्ने र अढाइ महिनासम्ममा घर तयार हुने उनको भनाइ छ ।‘कम लागतमा बनाउँदा घरमात्रै तयार हुन्छ तर ३०/३२ लाख रुपैयाँसम्म खर्च गर्ने हो भने डिजाइनिङ र फर्निचरहरु सहितको घर बनाएर ग्राहकलाई चाबी बुझाइरहेका छौँ,’ सापकोटाले भने- ‘सेमी फर्निचरसहितको २०/२२ लाख रुपैयाँसम्म तयार हुन्छ भने फर्निचरको लागि भने ग्राहकले गर्ने फर्निचरको मागअनुसार मूल्य केही तलमाथि हुनसक्छ ।’यो प्रविधिको घर बनाउन परम्परागत शैलीमा सिमेन्ट, रड र इँटाको प्रयाग गरी बनाइने घरको तुलनामा ६०/७० प्रतिशत सस्तो हुन्छ ।

एसवाई प्यानलका उत्पादनले निमार्ण भएका घरको ७० वर्षभन्दा बढी टिकाउ हुने एशियन ट्रेडिङ प्रालिका सञ्चालक मुकुन्द भण्डारी बताउँछन् । ‘हामी कम्पनीले उत्पादन गरेको जिन्क प्यानल र ५० एमएमको इपीएस प्यालन प्रयोग गरी घर निर्माण गछौँ, कम्पनीले नै ३५ वर्षसम्मको ग्यारेन्टि दिएको हुन्छ,’ भण्डारीले भने, ‘तर विदेशीतिर बनाइएका प्यानल फेब्रिकेटेडका घरहरु १०० बर्षसम्म पनि नयाँ जस्तै देखिन्छन् । क्लिकमाण्डू बाट साभार

Leave a Reply

Your email address will not be published.

Compare Properties