click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

यी हुन् काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने १२ ठाउँ

Posted by NepalSpace.com on October 17, 2020
0 Comments

काठमाडौं उपत्यकामा घडेरीको मूल्य अचाक्ली बढेर मध्यम वर्गको घर सपना धेरै टाढा पुगिसकेको छ । एउटा सामान्य जागिरे व्यक्तिले काठमाडौंमा जग्गा किनेर घर बनाउन नसक्ने स्थिती छ ।

रिङरोडबाट ८–१० किलोमिटर बाहिर पुग्दा पनि टुक्रा जग्गाको आनाकै २० लाख रुपैयाँभन्दा बढी तिर्नुपर्छ । रिङरोड र ठूलो सडकको आसपासतिर जग्गाको मूल्य उछालिएर चुलीमै पुगिसकेको छ । उपत्यकाको कुनामै पुग्दा पनि टुक्रा जग्गा किन्न आनाको १० लाखभन्दा बढी बुझाउन पर्छ । आनाको १० लाखभन्दा कम मूल्यका टुक्रा जग्गा भेट्याउनै मुस्किल पर्ने भइसक्यो ।

पछिल्लो समयमा बाहिरी चक्रपथ, आधुनिक शहर, फास्ट ट्रयाक, सुरुङमार्ग, रेलमार्ग लगायत परियोजना निर्माणको हल्लाले पनि काठमाडौं उपत्यकाको कुनाकाप्चासम्म जग्गाको भाउ उछालिएको बताउँछन् नेपालभूमि रियलस्टेट एजेन्सीका सञ्चालक बिक्रम लामा ।

तर, तपाईं अझै पनि निरास भइनहाल्नोस् । यदि तपाईंले सस्तो मूल्यको जग्गा खोजिरहनु भएको छ भने आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यका जग्गा पनि फेला पार्न सकिन्छ । तर, त्यसको लागि तपाईं भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर चाहीँ पुग्नु पर्ने हुन्छ ।

उपत्यकाका छेउछाउतिर अझै पनि आनाको ८/१० लाख रुपैयाँसम्म पर्ने जग्गा भेटाउन सकिन्छ । तपाईं असल रियलस्टेट एजेन्सीसँग सरसल्लाह गरेर जग्गा खरिद गर्न हिँड्नुभयो भने १० लाखमुनिका जग्गा किन्न पाउनु हुन्छ ।

हामी तपाइँलाई काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइने ठाउँका बारेमा जानकारी गराउँदै छौं ।

१) इचंगुनारायण, काठमाडौं

काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ । केटीएम रियलस्टेट प्रालिका सञ्चालक राजकुमार लामाका अनुसार १० देखि १३ फिटे बाटोमा जोडिएका टुक्रा जग्गाहरु १० लाखभन्दा कम मूल्यमै पाइन्छन् । यो ठाउँ सितापाइला चोकदेखि करीव तीन किलोमिटर दुरीमा पर्छ ।

२) काभ्रेस्थली (माथिल्लो भाग), काठमाडौं

समृद्धि घरजग्गा प्रालिका सञ्चालक जीवन लामाका अनुसार तारकेश्वर नगरपालिकामा पर्ने काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा पनि आनाको १० लाखसम्म टुक्रा जग्गाको कारोबार भाइरहेको छ । उनी भन्छन्, ‘यदि सानो बाटोमा ठूलो क्षेत्रफलको जग्गा उठाएमा आनाकै ५ देखि ६ लाखमा पनि पाइन्छ ।’

३) माथिल्लो दहचोक, काठमाडौं

चन्द्रागिरी नगरपालिकाको दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ । बुद्धम रियलस्टेटका सञ्चालक रमेश खनालका अनुसार दहचोकको भिरालो ठाउँमा १३ फिटे बाटोमा सटिएका जग्गा १० लाखभन्दा कम मूल्यमै किन्न पाइन्छ ।

पोपर्टी ३६० का म्यानेजर सुनिल शाहीका अनुसार दहचोकको माथिल्लो भेगमा ढलान गरेको र कच्ची सडकमा सस्तोमै जग्गा पाइन्छ । दहचोकको फाँटमा भने आनाकै २०/२५ लाख रुपैयाँ मूल्य पुगिसकेको छ ।

४) मातातिर्थ, काठमाडौं

चन्द्रागिरी नगरपालिकाको मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँतिर पनि अझै ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ । मातातिर्थमा रहेको मन्डला स्टुडियो योगा एन्ड स्पा सेन्टर वरिपरि ७ देखि १० लाख रुपैयाँ आनामा चिटिक्क मिलेका टुक्रा जग्गाहरु किन्न पाइन्छ । यो ठाउँबाट काठमाडौं, ललितपुर भक्तपुरको अधिकांश ठाउँहरु देख्न सकिन्छ । रातको समयमा झिलिमिल काठमाडौं हेर्नका लागि पनि यो ठाउँ उपयुक्त हुन्छ ।

५) किर्तिपुर, काठमाडौं

किर्तिपुर नगरपालिकाको भत्तेकपाटी जंगलसँग सटिएको ठाउँतिर पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइन्छन् । जालपादेवी मन्दिर, पुष्पलाल पार्क, बाघभैरव मन्दिर, चुनदेवी मन्दिरको आसपासमा पनि सस्ता जग्गा भेटिन्छन् ।

दक्षिणकालीमा पनि आनाको १० लाखभन्दा कम मूल्यका जग्गा पाइने रियलस्टेट एजेन्सी बताउँछन् ।

६) तारेभिर, काठमाडौं

अझै पनि गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा (तारेभिरबाट तल) ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइने टाउनसिप पोपर्टीका देबेन्द्र दाहाल बताउँछन् ।

७) जहरसिंग पौवा, काठमाडौं

शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा पनि १० लाखभन्दा कम मूल्यमा घडेरी पाइन्छन् । पोपर्टी ३६० का सुनिल खड्गीका अनुसार ती क्षेत्रहरुमा गोरेटो बाटोदेखि १३ फुटे बाटासम्म जग्गा सस्तो मूल्यमा उपलब्ध रहेका छन् ।

८) सुडाल, भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।

९) बागेश्वरी, भक्तपुर

चांगुनारायणको छालिङ र बागेश्वरी आसपासमा पनि १० देखि १३ फुटे बाटोमा १० लाखभन्दा कम मूल्यमा टुक्रा जग्गाहरु किन्न पाइने घरजग्गा बजारका केदार बान्तवा बताउँछन् ।

१०) डोलेश्वर

भक्तपुरको डोलेश्वर महादेव मन्दिर वरिपरि पनि १० लाखभन्दा कम मूल्यमा जग्गा भेटिन्छन् । भक्तपुर र काभे्रको सिमाना साँगातिरको भित्रपट्टी पनि ८/१० लाख रुपैयाँ आनमा जग्गा किन्न पाइन्छ । भक्तपुरको विद्युत प्राधिकरणको तालिम केन्द्रदेखि नगरकोटतिर जाने बाटोको दायाँबायाँ भित्री क्षेत्रमा पनि आनाको ६ देखि १० लाखसम्म जग्गा किन्न पाइन्छ ।
तेलकोटको भित्रपट्टी १० लाखभन्दा कम मूल्यका जग्गा पाइन्छन् ।

११) मुलडोल (चापागाउँ), ललितपुर

चापागाउँ बसपार्कबाट ५०० मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा रहेका मुलडोल, लेले आसपासको क्षेत्रमा पनि आनाको १० लाखमुनिका जग्गा पाइन्छन् । धेरै जग्गा उठाउँदा आनाको ४÷५ लाखमै पाइने बालकुमारी लेखापढीका बिकी महर्जन बताउँछन् । यो क्षेत्रमा ८ देखि १३ फिटसम्मको बाटोमा टुक्रा जग्गा लिँदा आनाको ८ देखि १० लाखसम्म किन्न पाइन्छ ।

१२) बडीखेल, ललितपुर

गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिसोर्टबाट दुई÷तीन किलोमिटरको दुरीमा बडीखेल आसपासमा आनाको ८ देखि १० लाखसम्म पाइन्छ । सन्तानेश्वर महादेव मन्दिर आसपास झरुवारासी भन्ने ठाउँमा पनि १० लाख हाराहारीमा जग्गा पाइन्छ । गोरेटो बाटोमा एकमुष्ठ जग्गा उठाएमा आनाको ८ लाखमै किन्न सकिन्छ ।

गोदावरी नगरपालिकामै गोदामचौरबाट बिशंखुनारायण जाने बाटोमा पर्ने विष्टछाप गाउँ आसपासमा पनि आनाको ७ देखि १० लाखसम्म पाइने जग्गाजमिन प्रालिका सञ्चालक सुवास पाठक बताउँछन् । गोदामचौरको भित्री भागमा पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाउन सकिन्छ ।चापागाउँको बाहिरपट्टी पनि अझै ८/१० लाख रुपैयाँ आनाको मूल्यमा जग्गा खरिद गर्न सकिन्छ । स्वदेश नेपालबाट

Leave a Reply

Your email address will not be published.

Compare Propertiess