click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

भक्तपुरमा जग्गा खोज्न आउने ग्राहकद्धारा जग्गा देखाउने एजेण्टको हत्या

Posted by NepalSpace.com on October 8, 2020
0 Comments

काठमाडौं । भक्तपुरमा जग्गा हेर्न आएका ग्राहकको कुटपिटबाट एक जनाको घरजग्गा व्यवसायीको ज्यान गएको छ।
बुधबार चाँगुनारायण नगरपालिका-८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिट गरेका थिए।

उनको बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण थेबेले जानकारी दिए।

जग्गा हेर्न आएका दुई जनाले योन्जनलाई घरबाट एक-डेढ किलोमिटर टाढा जग्गा देखाउन भनि लगेका थिए। तर एक्कासि उनीहरूले मरणासन्न हुनेगरी कुटपिट गरी त्यहीँ छाडेर भागेका थिए।
परिवारका अनुसार उनीमाथि साढे पाँच बजे कुटपिट भएको थियो। यद्यपी प्रहरीलाई भने बेलुकीमात्रै खबर पुगेको डिएसपी थेबेले बताए।

घाइते योन्जनलाई उपचार गर्न मध्यपुर थिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि राति काठमाडौं रिफर गरिएको थियो।

डिएसपी थेबेका अनुसार योन्जन जग्गा किनबेचको काम गर्थे।

उनीमाथि कुटपिट हुनुको कारण नखुलेको परिसरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।
‘उनीमाथि कुटपिट गर्नेहरू फरार छन्। उनीहरूको खोजी भइरहेको छ,’उनले भनिन्,’अहिले कारण पनि खुल्न सकेको छैन।’

Leave a Reply

Your email address will not be published.

Compare Properties