click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

निदान हस्पिटलले ९ महिनादेखिको ५५ लाख घरभाडा तिरेन, घर खाली गर्न घरधनीको ताकेता !!

Posted by NepalSpace.com on November 30, 2023
0 Comments

ललितपुर । ९ महिनादेखिको भाडा नतिरेपछि निदान हस्पिटललाई घर खाली गर्न ताकेता गरिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान हस्पिटलले सम्झौता अनुसारको ५५ लाख ५१ हजार घरभाडा नतिरेपछि घरधनीले ३५ दिनभित्र घर खाली गर्न ताकेता गरेका हुन्

घरधनी मीना श्रेष्ठका अनुसार हस्पिटलले २०७९ फागुनदेखि २०८० कात्तिकसम्मको भाडा तिरेको छैन ।

पटकपटक भाडाको लागि ताकेता गर्दा पनि हस्पिटलले भाडा नतिरेपछि दुई रोपनी ११ आनामा बनेको घर र जग्गा खाली गर्न ३५ दिनको समय दिएको घरधनी श्रेष्ठले बताएकी छिन् । यसअघि मीनाका पिता इन्द्रमान जोशीसँग हस्पिटलले २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो । जोशीको निधनपछि हस्पिटलले प्रयोग गर्दै आएको घरजग्गा मिनाको नाममा नामसारी भइसकेको छ ।

सम्झौता उल्लंघन गरेर हस्पिटलले लामो समयसम्म पनि घरभाडा नतिरेको भन्दै घरधनी श्रेष्ठले बक्यौता रकम, सोको कानून बमोजिम ब्याज तथा मनासिब क्षतिपूर्तिको मागसमेत गरेकी छिन् ।

यसो त घर खाली गराउनका लागि घरधनीले यसअघि नै निदान हस्पिटललाई दिएको ३५ दिने अल्टिमेटम मंसिर २४ गते सकिँदैछ । तर, मंसिर १२ गते घरधनी श्रेष्ठले घर खाली गर्न हस्पिटललाई थप ३५ दिनको समय थप गर्दै त्यसअवधिमा हालसम्मको बक्यौता रकम, ब्याज र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेकी छिन् । उनले यसअघि आफुले पठाएको पत्र हस्पिटलले लिन नमानेको आरोप समेत लगाएकी छिन् ।

स्रोत: अर्थ सरोकार

Leave a Reply

Your email address will not be published.

Compare Propertiess