click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

घर कर्जा फिक्स्ड ब्याजदरमा, कुन बैंकले कतिमा दिन्छन् ?

Posted by NepalSpace.com on September 27, 2020
0 Comments

काठमाडौं । बैंकबाट कर्जा लिएर बनाउने सोचमा हुनुहुन्छ ? पछिल्लो समय बैंकहरुले कम र तोकिएको समयसम्म ब्याजदर नबढ्ने गरी घर कर्जा प्रवाह गरिरहेका छन् ।

अहिले कोरोना भाइरसको कारण अन्य क्षेत्रका नयाँ व्यापार व्यवसायबाट प्रायः कर्जाको माग नभएको बैंर्कसहरु बताउँछन् । जसकारण बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको छ । उत्पादनमुलक क्षेत्रका व्यापार व्यवसाय तथा परियोजनामा कर्जाको माग नहुँदा बैंकहरुले घर कर्जा, गाडी कर्जा, सेयर धितो कर्जा लगायतमा निश्चित समय तोकेर स्थिर ब्याजदर सार्वजनिक गर्न थालेको हुन् ।

साथै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर बनाउन निर्देशन दिएसँगै केही बैंकहरु यसको कार्यन्यवन गर्न तर्फ समेत लागेका हुन् ।

भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ३४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । निक्षेप संकलनको तुलनामा बैंकहरुमा ठुलो परिमाणका कर्जाको माग नभएपछि बैंकहरुले व्यक्तिगत कर्जामार्फत् नै लगानी बढाउने रणनीति अपनाएका देखिन्छ । व्यक्तिगत कर्जामा सबैभन्दा बढी बैंकहरुले घर तथा सवारी कर्जालाई प्राथमिकतामा राखेका छन् । जसअनुसार विभिन्न बैंकहरुले सहुतियत र सुविधा सहित फिक्स्ड ब्याजदरमा प्रतिस्पर्धामक रुपमा सवारी तथा घर कर्जा योजना ल्याएका छन् ।

फिक्स्ड ब्याजदरमा कुन बैंकले दिन्छन घर तथा सवारी कर्जा ?

अधिकांश बैंकहरुले असोजबाट लागु हुने ब्याजदर सार्वजनिक गरी सकेका छन् । जसमध्ये एनएमबी बैंकले ८.९९ प्रतिशतमा २ वर्षे र १०.७५ प्रतिशतमा ५ वर्षे घर कर्जा प्रवाह गर्ने भएको छ । साथै बैंकले घरको छानामा राख्ने सोलार कर्जा १० वर्षको लागि ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंकले एक वर्षभन्दा माथि ५ वर्षसम्म १०.९८ प्रतिशतमा घर कर्जा र ३ वर्षे सवारी कर्जा १०.७३ प्रतिशत, ५ वर्षे सवारी कर्जा ११.४८ प्रतिशतमा प्रवाह गरिरहेको छ । साथै सानिमा बैंकले १५ वर्षे घर कर्जा र ५ वर्षदेखि ७ वर्षसम्मको लागि सवारी कर्जा ८.२५ प्रतिशत ब्याजदरमा प्रवाह गर्ने भएको छ ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि घर कर्जा र सवारी कर्जा प्रवाह गर्ने भएको छ । बैंकले ७ वर्षे र १० वर्षे घर कर्जाको क्रमशः १०.५० प्रतिशत र १२.५० प्रतिशत ब्याजदरमा निर्धारण गरेको छ । साथै, बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

यस्तै, नबिल बैंकले ३६औं वार्षिक उत्सबको अवसरमा एक बर्षलागि ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा र ७.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने घोषणा गरिसकेको छ । साथै राष्ट्रिय वाणिज्य बैंकले एक बर्षको लागि ७.२५ प्रतिशतमा घर कर्जा प्रवाह गरिरहेको छ ।
यसअघि नै सनराइज बैंकले ‘सनराइज सरल एस.एम.ई कर्जा’ नामक योजना ल्याएको थियो । उक्त योजना अन्र्तगत बैंकले ८.९५ प्रतिशत ब्याजदरमा ४० वर्षे घर कर्जा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Compare Properties