click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

केएल टावर मलले दियो व्यापारीहरुलाई भाडा छुट

Posted by NepalSpace.com on October 1, 2020
0 Comments

काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावर मलले व्यापारीहरुलाई चैतदेखि असोजसम्मको भाडामा छुट दिएको छ ।

कोरोना संक्रमणको महामारीको बेला केएल टावरमा पसल तथा कार्यालय सन्चालन गर्दै आएकाहरुलाई राहत होस् भनेर भाडा छुट दिइएको हो ।

केएल टावर मलका प्रवन्धक रमेश कक्षपतिका अनुसार नेपालमा लकडाउन सुरु भएपछि चैत र बैशाख महिनाको पूरै भाडा छुट दिइएको छ । त्यसैगरी असार महिनामा २५ प्रतिशत तथा जेठ, साउन, भदौ र असोज महिनामा ५० प्रतिशत भाडा छुट दिइएको प्रवन्धक कक्षपतिले जानकारी दिए ।

कक्षपतिका अनुसार केएल टावरमा करिब ६० वटा सटर भाडामा छन् । ‘हुन त हामी पनि चल्ने त्यही भाडा उठाएर हो । तर पनि सटर भाडामा लिएकाहरुलाई राहत होस् भनेर छुट दियौं,’ कक्षपतिले अनलाइनखबरसँग भने ।

पसलहरु खोल्न नपाउने गरी सरकारले लकडाउन गर्दा आफूहरुको व्यापार व्यवसाय चौपट भएको व्यापारी व्यवसायीहरुले बताउँदै आएका छन् । न्यूरोड, असन, बानेश्वर, कोटेश्वर क्षेत्रका व्यापारीहरुले त पसल खोल्न नदिएको विरोधमा सरकारविरुद्ध प्रदर्शन नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Compare Properties