click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

घर बनाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् नत्र पछुताउनुपर्ला

Posted by NepalSpace.com on October 1, 2020
0 Comments

काठमाडौँ । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? यदि बनाउँदै हुनुहुन्छ भने घरलाई कसरी सुरक्षित, सहज र टिकाउ  बनाउने भन्ने सोचिरहनु भएको छ होला । यदि त्यसो हो भने हालै मात्र ‘सुरक्षित भवन निर्माणमा घरधनीका लागि उपयोगी  मार्गदर्शन’ प्रकाशन भएको छ । जसमा कसरी घर बनाउने, के गर्दा सुरक्षित र के गर्दा असुरक्षित हुन्छ भनी उल्लेख गरिएको छ । 

काठमाडौँमा घर बनाउँदा घरधनीले जान्नैपर्ने न्यूनतम प्राविधिक विषय राखेर मार्गदर्शन तयार पारिएको हो ।  काठमाडौँ महानगरपालिका, सिटिनेट योकोहामा र सिटी अफ योकोहामाको संयुक्त प्रयासमा तयार पारिएको मार्गदर्शन सार्वजनिक भएको हो । 

यस्ता स्थानमा घर नबनाउनुस् 
पानीको दलदल भएको स्थान, धेरै भिरालो जमिन, ढुङ्गा खस्न सक्ने स्थान, नदी र खोला किनारका स्थान, कालो र कमजोर माटो भएको स्थान, जमिनमा लामो र गहिरो चिरा देखापरेको स्थान, अग्ला र जरा फैलने जातका रूख नजिकको स्थानमा घर बनाउन हुन्न । 

यस्ता स्थानमा घर निर्माण गरेमा बाढी, पहिरोले घर बगाउने ठूलो सम्भावना हुन्छ । अग्ला रूख ढलेर घर भत्किने र जराले जग बिगार्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तै जग बलियो नभई तरलीकरणको सम्भावना पनि अत्यधिक रहन्छ । 

भूकम्प प्रतिरोधी भवनका लागि उचित आकार प्रकार
भूकम्प आएका बेला घर कसरी हल्लिन्छ भन्ने तथ्यका आधारमा घर बढी बलियो र सुरक्षित बनाउन घरको उचित आकार प्रकारमा ध्यान दिएर डिजाइन गर्नुपर्छ । भवन निर्माणका क्रममा अपनाउनुपर्ने केही प्राविधिक पक्षहरू विशेष ध्यान दिनु जरुरी छ ।  यसमा सुरक्षित पिल्लर सिस्टम अत्यन्तै आवश्यक कुरा हो  ।  सबै पिल्लर एकै लाइन (ग्रिड)मा भई सबै पिल्लर बिमले बाँधेको  हुनुपर्छ ।                                                                                                           
जमिनमुनि जगको उपयुक्त लेबलमा तथा जमिनमाथि टाइ बिम अनिवार्य रूपमा राख्नुपर्छ । जमिनमुनि जगका लागि कम्तीमा ५ फिटको डन्डीको पिल्लर त्यसको बीचमा पर्ने गरी १.५ फिटको स्लोपमा हात्तीपाइले ढलान  गर्नुपर्छ । सो हात्तीपाइलेको ठीकमाथि  सबै पिल्लरलाई जगबिमले बाँध्नुपर्छ । पिल्लरहरू बीच को दूरी १४ फिट ९ इन्च अर्थात ४.५ मिटरभन्दा बढी गर्नुपरेमा सोही बमोजिम पिल्लरको साइज पनि बढाउनुपर्ने हुन्छ ।

 तसर्थ प्राविधिकद्वारा संरचनागत मूल्याङ्कन गरी सो अनुसारको प्रविधिको प्रयोग गर्नुपर्छ । जमिनमुनि जगमा  तथा जमिनमाथि टाइ बिम  राखेमा सबै पिल्लर बाँधिएर भूकम्पमा  पनि एक ढिक्का भएर हल्लिन्छ र भासिने सम्भावना कम हुन्छ । सुरक्षित क्यानटिलिभर ३ फिट ३ इन्चभन्दा कम चौडाइ भएको सुरक्षित संरचनाको उपाय ३ फिट ३ इन्चभन्दा बढी चौडाइका  क्यानटिलिभर निर्माण गर्नुपरेमा प्राविधिकद्वारा संरचनागत मूल्याङ्कन गरी सो अनुसारको प्रविधिको  प्रयोग गर्नुपर्छ ।

  सुरक्षित पिल्लर  कसरी बनाउने ?
पिल्लरहरू बीचको दूरी १४ फिट ९ इन्च अर्थात ४.५ मिटरभन्दा कम तथा तीन तलाभन्दा कम उचाइका भवनमा पिल्लरको साइज कम्तीमा १२ बाई १२ इन्चको हुनुपर्छ । कम्तीमा १६ एमएमका ४ वटा र १२ एमएमको ४ वटा गरी जम्मा ८ वटा डन्डी हाल्नुपर्छ । पिल्लरका डन्डीलाई कम्तीमा ७ एमएमको रिङले ४.४ इन्चको दूरीमा बाँध्नुपर्छ । दूरीमा रिङले बाँधेको पिल्लर मोडिने रिङको टुप्पो डन्डीको साइज (मोटाइ)  को १० गुणा (३ इन्च) हुनुपर्छ र ४५ डिग्रीमा मोडेको  हुनुपर्छ । 

बिमको भन्दा पिल्लरको साइज ३ इन्च बढी हुनुपर्छ । डन्डी गाँस्ने भाग डन्डीको साइज (मोटाइ) को ६० गुणा हुनुपर्छ । साथै गाँस्ने ठाउँका रिङ पनि ४/४ इन्च को दूरीमा बाँध्नुपर्छ । बिमका सबै डन्डीहरू पिल्लरको डन्डीभित्रबाट जानुपर्छ । ल्याब (छत) मा मुख्य डन्डी र सहायक डन्डी राख्नुपर्छ । झ्यालढोका जस्ता खाली भाग कोठाको कुनाबाट कम्तीमा २ फिटको दूरीमा हुनुपर्छ ।
निर्माण सामग्रीबारे जान्नैपर्ने विषय

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हाल आरसीसी अर्थात् सिमेन्ट ढलान गरी भवन निर्माण गर्ने परम्परा आएको देखिन्छ । आवासीय घरहरूमा परम्परागत निर्माण सामग्री र प्रविधि प्रयोग गर्ने चलन क्रमशः हराउँदै गएको छ । तर आधुनिक प्रविधि प्रयोग गर्दैमा बलियो र भूकम्प प्रतिरोधी घर बन्छ भन्ने धारणा गलत हो । भवन  निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरले भवन संरचनाको दिगोपनमा ठूलो भूमिका खेल्छ । 

आरसीसी भवन निर्माणमा प्रयोग हुने सामग्री यी हुन् –
१)    सिमेन्ट,    २) बालुवा,    ३) रोडारगिट्टी,    ४) पानी,    ५) फलामे छड (डन्डी), ६)    इँटा ।
     यी सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने कुरा निम्नअनुसार छन् –

   सिमेन्टको गुणस्तर 
सामान्यतः बजारमा ओपीसी, पीपीसी, छिटो जम्ने, ढिलो जम्ने, सेतो सिमेन्ट पाइन्छन् । यी सबै खालका सिमेन्ट गुणस्तर चिन्ह प्राप्त हुनुपर्छ । ताजा र सामान्यतया उत्पादन मितिबाट २ महिना ननाघेको सेट नभएको वा डल्ला नपरेको हुनुपर्छ । बालुवाको गुणस्तर सफा र दानादार, जैविक पदार्थ र फोहोर नमिसिएको, चिसोपन अर्थात पानीको मात्रा नभएको, टल्कने खालका पदार्थ नमिसिएको, हातमा बालुवा लिएर मुठ्ठी बनाएर मुठ्ठी खोल्दा हातमा माटोजन्य पदार्थ  नमिसिएको हुनुपर्छ ।

यस्तै रोडा र गिट्टीको गुणस्तरमा ढुङ्गा खानी वा खोलाको ढुङ्गा कुटेर तयार गरिएको कडा र कोणात्मक आकारको, गोलाकार, लाम्चो, पातलो आकार नभएको र चिल्लो सतह नभएको, जैविक पदार्थ तथा फोहोर नमिसिएको, ४ इन्च मोटो ढलानका लागि ३÷४ इन्च भन्दा सानो, २ देखि ४ इन्च मोटो ढलानका लागि १/२ इन्चभन्दा सानो हुनुपर्छ । 
पानीको गुणस्तरमा सकेसम्म पिउनयोग्य पानी, सफा र तेल, अम्लीय पदार्थ र जैविक पदार्थ नमिसिएको हुनुपर्छ । 

फलामे छड (डन्डी) को गुणस्तर– आवश्यक गुणस्तरको र उत्पादक कम्पनीको छाप भएको, एकनासको मोटाइ वा व्यास भएको, खिया नलागेको, पूरै लम्बाइमा चिरा नपरेको, तेल, ग्रिज नलागेको, बङ्ग्याउँदा नभाँचिने हुनुपर्छ । 

इँटामा पनि विशेष ध्यान दिनुपर्छ । चलनचल्तीको इँटा राम्ररी पाकेको र सबैतिर एकैनासको रातो रङ भएको, एकैनासको आकार र चिल्लो सतह भएको, दुईवटा इँटा आपसमा ठोक्काउँदा धातुको जस्तो आवाज आउने, इँटामा नङले कोतार्दा नकोरिने, इँटालाई एक  मिटरको उचाइबाट खसाउँदा नफुट्ने, २४ घण्टा पानीमा भिजाउँदा इँटाको तौल धेरै बढ्न नहुने हुनुपर्छ । 

Leave a Reply

Your email address will not be published.

Compare Properties