click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

नयाँ हाउजिङ परियोजना ल्याउँदै डाउनटाउन

Posted by NepalSpace.com on September 28, 2020
0 Comments

काठमाडौं । डाउनटाउ हाउजिङ कम्पनीले नयाँ परियोजना ल्याउने तयारी गरिरहेको छ।

भूकम्पपछि खासै नयाँ परियोजना नआइरहेको अवस्थामा डाउनटाउनले नयाँ परियोजना सुरु गर्न लागेको डाउनटाउनका सञ्चालक मिनमान श्रेष्ठले जानकारी दिए।

नयाँ परियोजना ल्याउने पक्का भएको र अहिले प्रक्रिया चलिरहेकाले ठाउँ र अरु विवरण खुलाउन नमिल्ने उनको भनाइ छ। 

भूकम्पपछि नयाँ परियोजना खासै आइरहेका छैनन्। यस्तोमा डाउनटाउनले ल्याउने भएको छ। 

परियोजना सुरु गर्नका लागि तयारी नै लामो समय लाग्ने भएकाले यसमा केही समय लाग्ने उनले जानकारी दिए। पहिले एक ठाउँबाट पाइने अनुमति अहिले तीन ठाउँमा सरेको तथा भूकम्पपछि पाँच तलाभन्दा माथिका अपार्टमेन्ट बनाउनका लागि छोड्नुपर्ने स्पेस बढाइएकाले नयाँ परियोजना नआएको उनको बुझाइ छ।

डाउनटाउन हाउजिङसँग हाल तीन प्रोपटी रहेका छन्। अहिले भएका परियोजनामा सबै युनिट बिक्री भइसकेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess