click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

होटल साम्बालाको स्टे प्याकेज, दुई जना जाँदा विशेष छुट

Posted by NepalSpace.com on October 5, 2020
0 Comments

काठमाडौं, असोज

तिब्बेतियन बुटिक होटल साम्बालाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्टेकेसन प्याकेज ल्याएको छ।

दिउँसो र रातको लागि छुट्टाछुट्टै अफर उपलब्ध छन्। होटलको डे स्टे प्याकेजमा डिलक्स कोठा तीन कोर्ष खाना, पुल, वाइफाई र पार्किङको सुविधा छ। जसमा एक जनाको ५ हजार र दुई जनाको मात्र ६ हजार रुपैयाँ छ। 

ओभर नाइट स्टे प्याकेजमा डिलक्स कोठा, तीन कोर्ष खाना, स्विमिङ पुल, वाइफाई र पार्किङको व्यवस्था छ। जसको मूल्य एक जनाको ७ हजार र दुई  जनाको ८ हजार कायम गरिएको होटलका निर्देशक रबिन मानन्धरले बताए।

काठमाडौं उपत्यकाभित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो। होटलको रूफटप स्वीमिङ पुल र पुलसाइड क्याफेले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ।

होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाडहरू देख्न पाइन्छ। सूर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो।

होटलले परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आइरहेको होटलको असिस्टेन्ट सेल्स म्यानेजर सुजाता राउतले बताइन्।

साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला-संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन्। 

डिलक्स, एक्जुकेटिभ र स्वीट रूम, रेष्टुरेन्ट, स्वीमिङ पुल र स्पा सबै साम्बालामा छन्, जसले गर्दा अतिथिहरूले सबै सुविधा एउटै छानामुनि पाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published.

Compare Properties