click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

कर्मचारी सञ्चय कोषले ल्यायो घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना !!!

Posted by NepalSpace.com on June 1, 2020
0 Comments

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना ल्याएको छ । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा ल्याएको हो ।   

एक अधिकृतस्तरको सरकारी कर्मचारीले ९अहिलेको तलव ३१४८८ रुपैयाँ० घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ । यो कर्जा सञ्चय कोषमा बचत गर्ने निजी क्षेत्रका कर्मचारीले पनि पाउँछन् ।
 
लिने कसरी ? 

घर कर्जा लिनका लागि केही प्रकृया पुरा गर्नु पर्छ । तयार पानुपर्ने  कागजपत्रहरु यस प्रकार छन् :

  • जागिर सेवा अवधि वा पदावधि र तलव प्रमाणित कागजपत्र 
  • घर बनाउने ठाउँको नक्सा र डिपिसि पास भएको कागजपत्र
  • माथिका कागजपत्र सहित एक हजार शुल्क तिरेर सञ्चयकोषको घर सापटी फारम भर्ने
  • सञ्चय कोषले उक्त कागजपत्र मुल्याङ्कनको लागि मुल्याङ्कन विभागमा पठाउने ।
  • सञ्चय कोषमा रहेका सूचिकृत मुल्यांकनकर्तालार्इ तीन हजार रुपैयाँ शुल्क तिर्ने
  • मुल्यांकन रिपोर्ट आएमा धितो मुल्यांकन पास हुन्छ
  • यी सबै प्रक्रिया पुर्याएर आएको निवेदकले ७ दिन भित्र रकम पाउने छ । 

 
फरक घरकर्जा योजना

यदि सञ्चयकर्ताले २०७३ असार मसान्त सम्ममा घर कर्जा लिएको छ र त्यो कर्जाले घर बन्न सकेन भने त्यस्ता सञ्चयकर्ताले फरक घरकर्जा योजनामा सहभागी भएर थप कर्जा लिन सक्नेछन् । त्यसका लागि सञ्चयकर्ताले नियमित किस्ता रकम भने तिरेको हुनुपर्छ ।
 
यसरी कर्जा लिँदा धितो मुल्यांकनलाई नै आधार मान्दै सञ्चयकर्ताको अहिलेको तलवका आधारमा पाउने कर्जाको रकम घटाएर बाँकी कर्जामा दिइनेछ । 
 
कर्जा तथा असुली विभागका अनुसार एक जना खरिदारले पहिला २० लाख कर्जा लिएका थिए र त्यो कर्जाले उनको घर पुरा भएन भने अहिलेको तलव अनुसार पाउने  ४० लाखमध्ये २० लाख रुपैयाँ घटाएर उनले थप २० लाखसम्म कर्जा लिन सक्नेछन् ।
 
मर्मत कर्जा योजना

मर्मत कर्जा योजना पनि घर कर्जा लागु भएको क्षेत्रमा मात्रै कार्यान्वयनमा छ । यो सुविधा लिन पनि सञ्चयकर्ताले नियमित किस्ता तिरेको हुनुपर्छ ।
 
घरकर्जा लिएकाले १२ लाख ५० हजार र घर कर्जा नलिएकाले २५ लाख मर्मत कर्जा पाउने व्यवस्था छ ।  मर्मत कर्जामा भूकम्प पिडितलाई भने १ प्रतिशत ब्याज कम गरि ७।२५ प्रतिशत मात्रै कायम गरिएको छ ।
 
कहाँबाट पाइन्छ घर कर्जा  ?

काठमाडौं उपत्यकाका लागि ठमेलमा रहेको सञ्चयकोषको कार्यालयले घर कर्जा दिन्छ । उपत्यका बाहिर धनकुटा सञ्चयकोष कार्यालय बाहेकका सबै कार्यालयले घरकर्जा दिनेछ ।
 
धनकुटा कार्यालयमा अर्को वर्षबाट मात्र यो सुविधा दिइने कोषले जनाएको छ । धनगढी, सुर्खेत, कोहलपुर, बुटवल, पोखरा, हेटौडा र बिराटनगरबाट घरकर्जा दिन सुरु गरेको कर्जा तथा असुली विभागले जनाएको छ । विभागका अनुसार घर कर्जा लागु भएका सबै ठाउँबाट मर्मत कर्जा पनि लिन सकिनेछ । 

कस्तो ठाउँमा हुनु पर्छ जमिन ?

घरकर्जा लिन भने जग्गा सुगम ठाउँमा हुनुपर्छ । सञ्चयकोषले ऋण असुलीमा समस्या नहोस भनेर बजार एरिया र मुख्य बाटो भएका ठाउँमा मात्र घर कर्जा दिने गरेको छ ।
 
सबै जिल्ला र सबै क्षेत्रमा यो सुविधा लागु भएको छैन । घरकर्जा लिन सञ्चयकर्ताको जमिन कम्तिमा सहजै बिक्री हुने ठाँउमा हुनुपर्छ ।
 
कति पाईन्छ घरकर्जा ?

सञ्चयकर्ताको पदावधी वा सेवा अवधी १० वर्षभन्दा बढी छ भने उसले १५ वर्षको तलव बराबर र १० वर्षभन्दा कम छ भने १२ वर्षको तलव बरावर घरकर्जा लिन पाउँछ।
 
त्यसका लागि उसको तलव अनुसार पाउने कर्जा रकम बराबरको धितो भने देखाउनु पर्छ। तर १ करोड भन्दा बढी रकम लिन नपाउने व्यवस्था छ । 
 
एक खरिदारले अहिलेको तलव स्केल अनुसार १० वर्ष भन्दा बढी सेवा अवधि बाँकी छ भने करिव ४० लाख रुपैयाँ घरकर्जा पाउनेछन् । कर्जा तथा असुली विभागका अनुसार जमिन घर कर्जा लागु भएको क्षेत्रमा र धितो मुल्यांकन भएको जमिन २० लाख मूल्य बराबरको हुनु पर्नेछ ।

पहिलो किस्तामा ५० प्रतिशत रकम मात्र भुक्तानी गर्ने हुनाले २० लाख मुल्यांकन भए पनि उनले रकम पाउँछन् । घर बन्दै गएपछि मुल्यांकन थप गरेर बाँकी रकम लिन सक्छन ।
 
पुन मुल्यांकन थप गर्दा एक हजार रुपैया थप शुल्क लाग्नेछ । सबै रकम ४ किस्तामा लिइसक्नु पर्छ ।  एक किस्ता लिएर सञ्चयकर्ताले घरको काम अघि बढाएन भने वा नियमित किस्ता तिर्न छोडे अर्को किस्ता रकम भने लिन पाउँदैन ।
 
२ वर्षसम्म किस्ता तिर्न नपर्ने

सञ्चय कोषका सञ्चयकर्ताले सरल चक्र कर्जा बाहेक जुनसुकै कर्जा लिएपनि  पहिलो २ वर्ष सम्म साँवा ब्याज केही पनि तिर्नु पर्दैन । पहिलो २ वर्षको ब्याजलार्इ साँवामा रुपान्तरण गरी पछि एकमुस्ट ब्याज र साँवा किस्ता अनुसार तिर्दै जानु पर्छ । यसरी तिर्न नपर्नेमा शैक्षिक कर्जा घरकर्जा र विशेष कर्जा योजना रहेका छन् ।
 
कसले रकम राख्न सक्छ ?

अहिलेको ब्यवस्था अनुसार सबै सरकारी कर्मचारी र कम्तिमा १० जना कर्मचारी कार्यरत निजी संस्थाले कर्मचारी सञ्चयकोषसँग साझेदारी गरी कोष जम्मा गर्न सक्छन् ।
 
कुनै पनि निजी कम्पनीको बोर्ड बैठकले निर्णय गरी १० प्रतिशत कर्मचारीको तलवबाट र १० प्रतिशत कम्पनीले जम्मा गर्ने गरी कोष जम्मा गर्न पाउँछन । यसरी कोषमा रकम जम्मा गरिसकेपछि उनीहरुले पनि अन्य सञ्चयकर्ता सरह नै  सुविधा पाउने कर्जा तथा असुली विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess