सम्माननिय प्रधानमन्त्री ज्यु,
बिश्वब्यापी महामारी कोरोना भाइरस Covid-19 नियन्त्रणका लागि नेपाल सरकारले पटकपटक गरि आजको दिन सम्म आइपुग्दा लकडाउन ५४ औ दिनमा पुगेको छ । कोरोना भाइरस नियन्त्रणका लागि आजको दिन सम्म गरिएको लकडाउन एक हिसाबले सहि पनि हो । तर प्रधानमन्त्री ज्यु के लकडाउनले मात्रै कोरोना भाइरस नियन्त्रण हुन्छ ? तपाईं अनि तपाईंको सरकार र सरकार संचालनका लागि बनाइएका विभिन्न राजनैतिक, आर्थिक, सामाजिक, एबम रास्ट्रीय/अन्तर्राष्ट्रिय सल्लाहकारहरुलाइ लकडाउन के हो र के का लागि लकडाउन गरिन्छ जानकारी छ ? लकडाउन महामारी नियन्त्रणको एक प्रयास होला तर गतिशील मानव जीवन लाई चलायमान बनाइ राख्न एबम नेपाली समाजको दैनिकीलाई सहज बनाउन लक डाउन कदापि अन्तिम अस्त्र हुन सक्दैन । यो त केबल काम गर्न नचाहने, नीतिशास्त्रको फलो नगर्ने, निर्माण उद्योगका ब्याबसायिलाइ काम लगाउन नसक्ने, यति सम्म कि निजामती कर्मचारी शिक्षक समेतलाई काम लगाउन नसक्ने गैर जिम्मेवार सरकारले घरमै बसि बसि तलब थापेर अनि ठेक्का पट्टाको मोबलाइजेसनको रकम उठाएर मोज मस्ती निर्माणका ठेकेदारहरुलाइ अबसरको रुपमा लकडाउन प्रयोग गरिएको देखिन्छ । यदि सरकार यो महामारी प्रती संबेदनसिल हुदो हो त देशलाई आर्थिक र सामाजिक रूपमा अगाडी बढाउने सोच राख्दो हो त सेना, प्रहरि, स्वास्थ्यकर्मी बाहेकका ८०% निजामती कर्मचारी र शिक्षक अनि विषम परिस्थितिमा अनुभवी नेपाल सरकारबाट पेन्सन खाने एक्टिभ जनशक्ति लाई किन प्रयोग गर्न सक्दैन ? खुला सिमाका कारण भारतबाट संक्रमीत हरु नेपाल प्रवेश गरेको अवस्थामा सैनिक र प्रहरी सङ्ग समन्वय गरि बिना काम जनताले तिरेको करबाट तलब थाप्ने ती निजामती कर्मचारी र शिक्षक सिमामा सुरक्षामा समन्वय गर्ने काम मा प्रयोग गर्न सकिन्न ? त्यस्तै स्वास्थ सेवामा कार्यरत जनशक्ति सङ्ग समन्वय गरि हेल्थ डेस्क स्थापना भएका ठाउमा साथै क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउने ठाउमा प्रयोग गर्न सकिन्न प्रधानमन्त्री ज्यु ?
सम्माननिय प्रधानमन्त्री ज्यु, महामारीको अवस्थामा “लकडाउन” भनेको कोहि पनि मानिस एक स्थान बाट अर्को स्थानमा बिनाकारण वा अत्यावश्यक भन्दा अन्य अवस्थामा हिडडुल/ आबागमन नगर्ने जसका कारण एक दोश्रो बिचको सम्बन्ध कम हुने र जो कोहि संक्रमीत छन भने तुरुन्त पहिचान (Test) गरि निजलाइ एकान्त अवस्था (Isolate) गरि उपचार गर्ने । त्यस्तै संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई tracing गर्ने र तुरुन्त त्यो टोल समाजलाइ Tracking गरि स्थिति र अवस्थाको आधारमा सो क्षेत्रलाई सिल गरेर उपचार गर्ने । त्यस्तै सो लकडाउनको अवधिमा अझै सम्भाबित जोखिम न्यूनीकरणका लागि धेरै भन्दा धेरै परिक्षण गर्ने, लाखौंको संख्यामा क्वारेन्टाइन निर्माण गर्ने, आइसोलेसन वार्ड तयार गर्ने, आबस्यक औसधि, मेडिकल उपकरण, तालिम, जनशक्ति तयार, परिचालन तथा महामारी सङ्ग जुध्ने उपायहरु आम जनतालाई बिभिन्न सन्चार माध्यम बाट सिकाउने समय हो । देशका एक ठाउबाट अर्को ठाउँमा रहेका अलपत्र अवस्थामा रहेका नागरिक हरुको उद्दार गर्ने, बिदेशमा विभिन्न पेशा अथवा भ्रमण अथवा गोष्ठी सेमिनार वा अन्य जे सुकै कामले गयेका/रहेका ब्यक्तीहरुलाइ आवस्यकताका र अवस्थाका आधारमा उद्दार गर्ने समय हो ।
तर प्रधानमन्त्री ज्यु यो ५४ औ दिनको लकडाउनको अवस्थामा तपाईं र तपाईंको सरकारले के गर्यो ? यस्तो विषम परिस्थितिमा समेत तपाई र तपाईंको सरकार सत्ताको सिनोझम्टी, पार्टी फुटाउने बिधेयक, साम्सद अपहरण र लकडाउन बाहेक तपाईंको सरकारले केही गरेको देखिदैन । के यसरिनै सधै लकडाउन गरेर देश चल्छ ? अबको अवस्थामा यो बिश्व महामारी कहिले टुंगिन्छ कोहि कसैले दावी गर्ने अवस्था छैन । त्यस्तै बिश्व स्वास्थ्य सङ्गठनले समेत यो महामारी अनिश्चित समय सम्म लम्बिने घोषणा गरि सकेको छ ।अब त यो महामारी सङ्ग कसरी “अभ्यस्त” हुने जनताको दैनिकी कसरी सहज बनाउने, महामारीका कारण आफ्नो कर्म थलो छोडेर जन्म थलो पसेका नागरिकलाई कसरी काममा फर्काउने सम्भव भये सम्म उनिहरुलाइ त्यही ठाउमा तिनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर शिर्जना गरि त्यही बस्ने बाताबरण शिर्जना गर्ने । के छ सरकारको भावी योजना ?
प्रधानमन्त्री ज्यु , चालू आर्थिक बर्षको ८ महिनामा २३% बिकास खर्च गरेको सरकारले त्यस पछिको चार महिना कोरोना भाइरसलाई निहु पार्ने मेलो पाएको छ। किन कि तपाईं र तपाईंको सरकार नेपाली जनता प्रती संबेदनसिल छैन भन्ने कुरो बिगतको २ बर्षको सरकार संचालनको तरिका बाट नै पुष्टि भैसकेको छ ।
अन्तयमा सम्माननिय प्रधानमन्त्री ज्यु लडाउन महामारी नियन्त्रणको उपाय होला तर अर्थ ले नै देश र जनताको भविस्य निर्धारण गर्छ । फेरि ती काम गर्न नचाहने तपाईंको सल्लाहकारको भर परेर लकडाउन बढाउने प्रयास गरियो भने देश अझै चरम आर्थिक संकटमा फस्ने छ । रोजगारी गुमाएका जनशक्ति सडकमा उत्रने अवस्था आउन सक्छ । जनता तथा ब्याबसायिले लिएको रिन तथा त्यसमा लाग्ने ब्याज नतिरे पछि बैंक बित्त कम्पनी चाडैंनै टाट पल्टिने छ्न । भने ठुला ब्याबसायी समेत टाट पल्टेर पलायन हुने छ्न, भने देश आफै टाट पल्टिएको तपाईंको बिद्द्वान अर्थमन्त्रीले घोषणा गर्ने दिन चाडै आउन सक्छ । अत सम्माननिय प्रधानमन्त्री ज्यु पार्टी पंक्तिका आसेपासेका जालमा नफस्नु होला सहि निर्णय यहाले नै लिनु उपयुक्त हुने छ । यदि हजुरको सरकारले आम नागरिकको तर्फबाट पनि बिचार र अनुभवको आवस्यकता महसुस गर्छ भने यो महामारी नियन्त्रण र आम जनताको आर्थिक सामाजिक अवस्था सुचारु गर्ने नयाँ मोडेल निर्माण गर्न भोलेन्टरको रुपमा सहयोगिको भुमिका निर्बाह गर्न म पनि तयार छु ।
सचेत नागरिकको तर्फबाट ।
दिलिप न्यौपाने, द रियलटर्स बाट हुनुहुन्छ। ( स्रोत:
दिलिप न्यौपाने ज्युको फेसबुक)
Comments (0)