click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

किनबेच घटेपनि जग्गाको मूल्य बढेको बढ्यै, मुल सडक छाडेर भित्र जाँदा १० लाखमा पनि पाइन्छ घडेरी

Posted by NepalSpace.com on February 27, 2020
0 Comments
काठमाडौं। पछिल्लो समय घरजग्गा कारोबारमा कमि आएपनि मूल्य भने निरन्तर बढिरहेको छ। मूल्य बढेका कारण सितिमिति निम्न मध्यम वर्गले जग्गा किन्ने आँट नै गर्न छाडिसकेका छन्।
सरकारले ल्याएको कित्ताकाट र बाटोको नियमले काठमाडौं उपत्यकामा जग्गा महँगिएको हो। तर अहिले पनि यस्ता ठाउँ छन् जहाँ ९/१० लाख रुपैयाँदेखिका जग्गा पाइन्छन्। यस्तो जग्गा लिन दलालको भर नपरी आफैं हिँड्नु पर्ने हुन्छ। 
काठमाडौं उपत्यका विकास प्राधिकरणले बाटो र खुल्ला क्षेत्रको मापदण्ड परिवर्तन गरेसँगै त्यसको प्रत्यक्ष भार पनि जग्गाको मूल्यमै परेको थियो। सुरुवातमा  ८, १० र १२ फिटे बाटो छुट्याउँदै घडेरी बिक्री गरिएपनि अहिले भने न्युनतम २० फिटे बाटो नक्सामा देखाउनु पर्ने व्यवस्था छ। जसका कारण जग्गाको मूल्य ह्वात्तै बढेको घरजग्गा व्यवसायीहरुको दाबी छ।


आनाको १० लाखमा जग्गा पाउने ठाउँ
काठमाडौमा अहिले सुन्दरीजल, साँखु, झोर महाकाल, गोलढुंगा, काभ्रेस्थली, रामकोट, थानकोट, मातातीर्थ, मच्छेगाउँ र चाल्नाखेलमा  प्रति आना १० लाख रुपैयाँ सम्मका जग्गा पाइन्छन्। मुख्य राजमार्गबाट २ किलोमिटरभित्र २० फिटे बाटोमा यी ठाउँमा प्रति आना १० लाख रुपैयाँ सम्मका जग्गा किन्न सकिन्छ।
यीमध्ये सुन्दरीजल, साँखु र गोलढुंगा क्षेत्रमा ९ लाख रुपैयाँ प्रतिआना सम्मका घडेरी पाइने जग्गा व्यावसायी राम कुँवर आलेले बताए।
त्यसैगरी ललितपुरमा खोकना, बुङमति, चापागाउँ, गोदावरी, हरिसिद्धी र लामाबगरमा प्रति आना १० लाख रुपैयाँसम्मका घडेरी किन्न सकिने व्यवसायीले बताएका छन्। २० फिटे बाटो कायम भएका यी ठाउँमा पनि दक्षिण दिशातर्फ परसम्म जाँदा ८/९ लाख रुपैयाँ प्रति आनासम्म घडेरी पाइने उनीहरुको दाबी छ।
त्यसैगरी भक्तपुरको दुवाकोट, दधिकोट, ताथली, सुडाल, चाँगुनारायण, सिपाडोल, जगाती र सानोठिमी क्षेत्रमा पनि प्रति आना १० लाख रुपैयाँ सम्ममा जग्गा पाउने स्थानीय ब्यवसायी कृष्णकुमार बमले जानकारी दिए।
अहिले उपत्यकाको काठ क्षेत्रमा जग्गाको औषत मूल्य १० देखि १२ लाख रुपैयाँसम्म पुगिसकेको छ। तर यिनै ठाउँमा ३/४ वर्ष अघिसम्म भने प्रति आना ४ देखि ५ लाख रुपैयाँसम्मा पाइन्थ्यो। यी ठाउँमा लगातार कारोबार बढ्न थालेपछि जग्गाको मूल्य पनि दिन प्रतिदिन बढेको हो। 
मालपोत कार्यालयको तथ्यांकले पनि यी ठाउँमा एउटै जग्गा धेरैपटक किनबेच भएको देखाउँछ। जसले गर्दा यी ठाउँमा जग्गाको मूल्य ३ वर्षमै तेब्बर सम्मले बढेको हो।
आनाको १५ लाखमा जग्गा पाउने ठाउँ
माथि उल्लेख गरिएका ठाउँमा पनि मुख्य राजमार्गमा भने प्रति आना १५ लाख रुपैयाँ घटी जग्गा पाउन छाडिसकेको छ। यी ठाउँ जत्तिकै टाढा भएपनि बुढानिलकण्ठ क्षेत्रमा २० फिटे बाटोमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन सकिँदैन।
त्यसैगरि मुलपानी, कपन, धापासी, मनमैजु, सितापाइला, सतुङ्गल, कीर्तिपुर, चोभार, भैसेपाटी, ठैब, टिकाथली, बालकोट, लोकन्थली, सल्लाघारी र ठिमीमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन नसकिने व्यावसायीहरुले बताएका छन्।
यी ठाउँमा ३/४ वर्ष अघिसम्म भने ८ देखि १० लाख रुपैयाँमै जग्गा किन्न सकिन्थ्यो। काठ क्षेत्रको तुलनमा भने यी ठाउँमा जग्गाको मूल्यवृद्धि कम देखिन्छ।
आनाको २०/२५ लाखमा जग्गा पाउने ठाउँ

चक्रपथको वरिपरि अहिले पनि प्रति आना २० देखि २५ लाख रुपैयाँसम्ममा जग्गा किन्न सकिन्छ। बाटोको उपलब्धता र राजमार्गको अवस्था हेरी चक्रपथबाट १/२ किलोमिटरमा २० देखि २५ लाख रुपैयाँसम्मका घडेरी किन्न सकिन्छ। तर मुख्य राजमार्गसँग जोडिएका जग्गाको भने काठ क्षेत्रमै पनि २०/२५ लाख रुपैयाँ मूल्य पर्न थालिसकेको स्थानीय जग्गा ब्यवसायी समर्पण श्रेष्ठले बताए।
काठमाडौ प्रवेश गर्ने समुहको पहिलो रोजाइ काँठ क्षेत्र हुने भएकाले काठ क्षेत्रमा संख्यात्मक रुपमा धेरै घरजग्गा किनबेच हुन्छन्। त्यसकै कारण यहाँको मूल्य ३ वर्षमै तीन गुणा सम्मले बढिसकेको छ। तर चक्रपथ आसपासमा भने कारोबार नै कम हुने हुँदा तुलनात्मक रुपमा जग्गाको मूल्य पनि कम वृद्धि भएको हो। 
चक्रपथ आसपासमा एक चरणको मूल्य बढिसकेपछि धेरै किनबेच नहुँदा जग्गाको मूल्य वृद्धि चक्र पनि केहि सुस्त भएको व्यवसायी बताउँछन्। 
यी ठाउँमा वर्षमा थोरै मात्र घरजग्गा किनबेच हुन्छन्। चक्रपथ भित्रका महँगा घरजग्गा किनबेच गराउने डिल्लीबजार मालपोत कार्यालयले मासिक २ देखि ३ सयसम्म मात्रै घरजग्गा किनबेच गराउँछ। यसको तुलनामा काठ क्षेत्रका मालपोत कार्यालयले मासिक एक हजारको हाराहारीमा घरजग्गा किनबेच गराउने गरेका छन्।
#बिजमाण्डू अन्लाईन् ले सर्बोक्षेण गरेको छ ।

Compare Properties