click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

राज्यले घरजग्गा व्यवसायलाई नजरअन्दाज गर्दा व्यवसाय अव्यवस्थित बन्दै

Posted by NepalSpace.com on February 24, 2020
0 Comments
विगत लामो समयदेखि घर जग्गा व्यवसाय गर्दै आउनु भएका धादिङका घर जग्गा व्यवसायी
टीका काप्रीसँगको कुराकानी ः

टीका काप्री
घर जग्गा व्यवसायी
१. टीका जी तपाई लामो समयदेखि घर जग्गा व्यवसायमा सक्रिय हुनुहुन्छ, के छ पछिल्लो समय देशमा घर जग्गाको कारोवारको अवस्था ?
राज्यले घरजग्गा व्यवसायलाई मध्यनजर नगर्दा अहिले व्यवसाय अव्यवस्थित बन्दै गएको छ । नीति निर्माणमा कर्मचारीतन्त्र हुँदा पनि व्यवसाय अव्यवस्थि बनेको छ । राज्य पक्षले यस व्यवसायलाई प्रोत्साहन गर्न नसक्दा पनि व्यवसाय नै अव्यवस्थित बनिरहेको छ ।
२. घर जग्गा व्यवसायलाई व्यवस्थित बनाउन के गर्नु आवश्यक छ त ?
घर जग्गा व्यवसायीहरुलाई सरकारले लाइसेन्स उपलब्ध गराएमा व्यवसाय व्यवस्थित बन्ने देखिन्छ । घर जग्गा व्यवसायमा लाग्ने व्यक्तिहरुको माग सम्बोधन गर्न पनि सरकारले लाइसेन्स दिनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । त्यसैगरी सरकारी मूल्याङकन सहि तवरले नगरिदा पनि समस्या हुने गरेकाले सरोकारवाला निकायहरुले मूल्याङकनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
३. प्रत्येक आर्थिक वर्षमा सरकारले घर जग्गा व्यवसायमा बढाउने करले व्यवसायीहरुलाई फाइटा छ कि बेफाइदा ?
सरकारले प्रत्येक आर्थिक वर्षमा घर जग्गामा बढाउने करले पनि व्यवसायीहरु मारमा परेका छन् । बैंकले अनुत्पादक क्षेत्र भनेर घरजग्गामा कर्जा नदिने निति लिएपछि घर जग्गा किनबेचमा कमी आएको थियो । सरकारले घर जग्गा व्यवसायमा कर बृद्धि गरेर मात्र हुदैँन व्यवसायलाई व्यवस्थित बनाउन नीति निर्माण पनि गर्नुपर्छ । अझ नीति निर्माण गरेर मात्र पनि काम छैन, त्यसको कार्यान्वयनको पाटोलाई मजबुत बनाउनु पर्छ ।
४. करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ, यसमा तपाईको विचार के छ ?
कित्ताकाट रोक्नै नहुने थियो सरकारले रोक्यो फेरि अहिले आएर जग्गाको कित्ताकाट खुलायो, यसले कालान्तर रुपमा आर्थिक असर पर्ने देखिन्छ । व्यवपार नै रोकिएको भन्ने जनगुनासो पछि निर्णयको पुर्नविचार गरिएको छ । अब हेरौँ यसले घर जग्गाको व्यापारमा कस्तो परिवर्तन ल्याउँछ । खेतीयोग्य जग्गा कुनै प्रकारले प्लटिङ गरी घरेडीको रुपमा कित्ताकाट गरी बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्नेगरी लिखत पास गरिने छैन । भन्ने सरकारको निर्णय राम्रो लागेको छ ।
५. घर जग्गा किन्न खोज्न व्यक्तिहरुले के के कुरामा ध्यान दिनपर्छ, के छ तपाईको सुझाव ?
घर खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ः
– घर कहिले बनेको हो, त्यसको निर्माणमा केकस्ता सामग्रीको प्रयोग गरिएको छ, पिलर सिष्टमको हो वा होइन आदि विषयमा घरधनीलाई नै भेटेर जानकारी लिनुपर्छ ।
– घर भूकम्प प्रतिरोधात्मक छ कि छैन, कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ भन्नेमा विचार र्पुयाएर घर खरीद गर्नु राम्रो हुन्छ ।
– घर खरीद गर्दा घरको स्थितिमा पनि विचार र्पुयाउनुपर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छ÷छैन हेर्नुपर्छ ।
– सेवासुविधाको हिसाबले कस्तो छ, पार्किङ, बत्ती, पानी, ढल आदिको व्यवस्था भए÷नभएकोमा पनि ध्यान दिनुपर्छ ।
– वास्तुशास्त्रअनुसार जग्गाको लोकेशन तथा सोहीअनुरूप घर बने÷नबनेकोबारे बुझेर मात्र घर खरीद गर्नुपर्छ ।
– घरको मोहडा काठमाडौँमा पूर्व, दक्षिण हुनु राम्रो हुन्छ । साथै, घाम–पानीको सुबिधाका लागि पनि पूर्व वा दक्षिण फर्केको घर उपयुक्त हुन्छ ।
– कति फीटको बाटोमा घर बनेको छ, घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल आदि जान्छ कि जाँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।
– सार्वजनिक सेवासुविधाका दृष्टिले घर भएको ठाउँ कत्तिको महत्वपूर्ण छ । त्यसमा पनि विचार र्पुयाउनुपर्छ । जस्तै– यातायात, विद्यालय, अस्पताल, बजार, बैङ्क तथा वित्तीय संस्था र सुरक्षाको सुविधाका विषयमा विचार र्पुयाएर घर खरीद गर्नुपर्छ ।
– घर क्षेत्रको समाजमा कस्ता किसिमका मानिस बसोवास गर्छन्, उक्त समाजमा आपूm घुलमिल हुन सक्छु कि सक्दिनँ अर्थात् त्यस किसिमको समाज मेरा लागि उपयुक्त छरछैन जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।
– शान्त तथा सफासुग्घरको वातावरण छ कि छैन । गाडी, कलकारखाना तथा अन्य मेशिनरी सामान चलाउँदाको आवाज र मान्छेको होहल्ला हुन्छ कि हँुदैन भन्ने जस्ता विविध पक्षमा विचार गर्नुपर्छ । त्यसैले, शान्त तथा हरियाली वातावरणमा अवस्थित घर छान्नु उपयुक्त हुन्छ ।
– घरको कर तिरेको छ कि छैन, जग्गा रैकर हो वा गुठीको, घरजग्गामा मोहीको स्वामित्व छ÷छैन आदिबारे पनि बुझ्नुपर्छ ।
– घरवरपर खुला ठाउँ छ कि छैन त्यसमा पनि ध्यान दिनुपर्छ । भूकम्प आउँदा भाग्नका लागि खुला ठाउँ हुनु पनि आवश्यक छ ।
– वर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो, सो प्रयोजन गर्न पाइने हो÷होइन भन्नेबारे अध्ययन गर्नुपर्छ ।
जग्गा खरिद गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ः
काठमाडौं उपत्यकाको हिसाबले जग्गा पूर्व वा दक्षिण मोहडा भएको उपयुक्त हुन्छ । जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
– जग्गासम्म पुग्ने बाटो कति फीटको छ । मोटरसाइकल, कारलगायत सवारीसाधन जान्छ कि जाँदैन आदिबारे जानकारी लिएर मात्र जग्गा छनोट गर्नुपर्छ । त्यस्तै, वास्तुशास्त्रअनुसारको जग्गा छ कि छैन भन्नेमा पनि विचार र्पुयाउनुपर्छ ।
– सेवासुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन, त्यसबारे पनि जान्नुपर्छ । उदाहरणका लागि ढल, पानी, बिजुली, यातायात, विद्यालय, अस्पताल, बैङ्क आदि ।
– जग्गाको लोकेशन पनि ठीक ठाउँमा हुनुपर्छ । भीर–पहिरो वा नदी कटानले असर नगर्ने खालको जग्गा हुनुपर्छ ।
– जग्गाको कर तिरेको छ कि छैन, जग्गा रैकर अथवा गुठी कुनको हो, त्यो पनि थाहा पाउनुपर्छ । जग्गामा मोहीको हक छ कि छैन भन्नेमा पनि विचार र्पुयाएर मात्र जग्गा खरीद गर्नुपर्छ ।
– नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिलामा रोक्का भएको जग्गा लिनुहुँदैन । जग्गा उच्च विद्युत् चाप प्रसारण रेखाभन्दा १०÷१५ मिटर टाढा हुनुपर्छ ।
६. घर जग्गा व्यवसायीहरुलाई बैँकले कस्तो सहयोग गर्दै आएका छन् ?
हामी व्यवसायीहरुसँग लगानी नभएको बेलामा लगानी गरिरहेका छन् त्यो सकारात्मक पक्ष हो । तर लगानी गरेको ६–७ महिनामै वयवसायीहरुलाई मारमा पार्ने किसिमको काम गर्ने गरेको छ , जस्तै, व्यवसायीहरुको धितो लिलाम गर्ने लगाउतका काम गर्ने गरेको छ, यसले व्यवसायीहरु निकै समस्यामा पर्ने गरेका छौँ ।
७. अहिले घर जग्गाको कारोवार संख्यात्मक हिसाबले कस्तो अवस्थामा छ त ?
काठमाडौँ उपत्यकामा घर जग्गाको कारोवार संख्यात्मक हिसावले सकारात्मक नै छ ।
:> मालपोत खबर मा खबर छ 

Compare Properties