click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

घरजग्गा खरिद दर्ता गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू !!

Posted by NepalSpace.com on June 13, 2023
0 Comments


घरजग्गा खरिद दर्ता गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू:

१. जग्गा विक्री गर्ने वास्तविक व्यक्ति बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रष्ट हुनुपर्ने ।

२. उक्त कित्ताको मोठ श्रेस्ता, फोटो र तीनपुस्ते ठीक भए नभएको एकीन गर्ने ।

३. कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभएको बारेमा आफू प्रष्ट हुने ।

४. जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ छैन राम्ररी बुझ्ने ।

५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकीन गर्ने ।

६. जग्गा रैकर वा गुठी के हो प्रष्ट हुने ?

७. उक्त जग्गामा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुने ।

८. लालपूर्जा, जमीन र नक्साको क्षेत्रफल मिल्छ मिल्दैन एकीन गर्ने ।

९. उक्त कित्ताको चारैतर्फको सीमानामा विवाद भए नभएको जमीनमा नै गई साँध सँधियारहरूबाट बुझ्ने ।

१०. नक्सा बमोजिमको जमीनमा चारैतर्फ सीमाना एकीन गर्न रेखाङ्कन गराउने ।

#नेपाल सरकार

भूमिसुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग

Leave a Reply

Your email address will not be published.

Compare Properties