No Comments

बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित नेकपाका नेता श्याम बज्रचार्य पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम बज्रचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

 बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनले राखेको सकेट बम भएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए । पक्राउ परेका बज्रचार्य विप्लव नेकपाको जिल्ला सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Source: Ratopati.com

No Comments

सरकारले गर्यो, तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय!! आजैबाट पहिलो चरण लागु हुने!!!

Cabinet meeting

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति १० बजे सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ। अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ। यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ।

आजबाट कुन कुन सेवा र कार्यकाक्षेत्र खुल्ने??

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी) 

कुन कुन सेवा र कार्यमा लकडाउन नखुल्ने?:

१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

११) पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।

No Comments

आजबाट पसल खुल्ने, निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीमा खुल्ने! एसइई परीक्षा भने यस बर्ष नहुने !!

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमासंचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रैलागु गर्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्माओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनिखुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारीसाधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् ।  

त्यस्तै यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धितस्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले नेपालस्पेश लाईजानकारी दिए।

सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१दिन लागू हुनेछ।

No Comments

जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

 जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तरस्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमाअर्को मानक इकाईमा नाप्ने गरिन्छ ।पहाडी क्षेत्रमा क्रमशः दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमाचलिआएका छन् । त्यस्तै ,तराईमा कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । 

के तपाई नेपाली जग्गाको क्षेत्रफल मापन गर्न नजानेर चिन्तित हुनुहुन्छ ? अब  जग्गाको क्षेत्रफल मापन गर्न  साजिलो बिधि NEPALI LAND CONVERTER। NEPALI LAND CONVERTER को बारेमा र यसको प्रयोको बारेमा बुज्न यो लिंक खोल्नुहोस्।

यी इकाईलाई उक्त लिंकमा दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) (आना, पैसा, दाम,रोपनी, बिघा, कट्ठा , धुर )सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

No Comments

दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्दै!!

काठमाडौं । साढे दुई महिनादेखि बन्द देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा सुरु गर्न मातहतका कार्यालयहरुलाई निर्दशन दिएको छ । 

सरोकारवाला निकाय र सेवाग्राहीबाट मालपोतको सेवा सुचारु गर्न आग्रह गरेपछि कार्यालय खोल्न लागेको विभागले जनाएको छ । 

विभागले सबै मालपोतका प्रमुखलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित भएर अन्य आवश्यक कर्मचारीलाई बोलाएर स्वास्थ्य सुरक्षा अपनाई आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको छ ।

No Comments

असार १ देखि लामोदुरीका गाडी चल्न दिने प्रस्ताव

काठमाण्डौ, सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा  जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले यस्तो प्रस्ताव गरेको हो ।

प्रस्तावमा जेष्ठ २५ गतेदेखि एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा छोटो दुरीका यात्रूबाहक सवारी संचालन गर्न दिने प्रस्ताव छ । प्रस्तावमा जिल्ला नकाट्ने गरी र गाडीको क्षमता भन्दा आधा मात्र यात्रु राख्ने गरी यात्रुबाहक गाडी चल्न दिने उल्लेख छ । 

त्यस्तै कपाल काट्ने सैलुन र पसल तथा डिपार्टमेन्ट स्टोर पनि पनि खोल्न दिने उल्लेख छ । त्यस्तै सम्बन्धित कार्यालयको परिचयपत्रको आधारमा कार्यालयको कामसँग सम्बन्धित सवारी साधन चलन दिने प्रस्तावमा उल्लेख छ । तर दूईपांग्रेको हकमा भने चालकमात्र बस्न पाउने छ । त्यस्तै सोहि मिति देखि नै अस्पताल, प्रयोशाला र निजि क्लिनिकहरु खोल्न दिने प्रस्ताव छ ।

यसरी लकडाउन खोल्दाको अवस्थामा पनि व्यक्ति व्यक्तिबीच १ मिटरको दुरी कायम राख्नु पर्ने र आवश्यक सरसफाईको प्रोटोकल पालना गर्नु पर्ने छ ।

त्यस्तै  एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यबसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दुरीका सवारीसाधनहरु, सपिंङ मलहरु, र निश्चित समय तोकेर मदिराजन्य पदार्थ बिक्रि गर्ने पसल खोल्न दिने प्रस्ताव छ । 

तर हवाई सेवा र यात्रु बाहक सवारीमा भने  क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाईने छ । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र यो लागु हुनेछ । 

No Comments

लकडाउन खुल्यो भने के गर्ने ?

–डा. रवीन्द्र पाण्डे, जनस्वास्वास्थ्य विज्ञ

लकडाउन खुल्यो भने कसरी गर्ने पूर्वतयारी ? यी हुन् २० सुझाव :

१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता ।

२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता ।


३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली ।

४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने । आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने / खोक्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने । कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने । मास्क तथा अनुहारमा हात नलग्ने । सेवाग्राहीसंग दुरी कायम गर्ने । सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी / स्यानिटाइजरको ब्यबस्था गर्ने ।

५. भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।

६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने । घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।

७. अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क / चस्मा लगाउने ।

८. सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने । लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने । सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने / त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।

९. औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने । प्राथमिक उपचारका साधन / औषधि अलिअलि भएपनि घरमा राख्ने ।

१०. मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश / स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ % मात्र छ ..लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने ।

११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने / नसुन्ने । असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।

१२. मितव्ययी : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने । अनाबश्यक खर्च नगर्ने । बाहिर खाना / खाजा नखाने । सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने । बच्चालाई गाउँको स्कुलमा पढाउने ।

१३. घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने । अनि अरु परिवारसंग भेट्ने ।

१४. घरभित्रको दुरी : जेष्ठ नागरिक / बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।

१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने ।

१६. आत्मबल : आत्मबल उच्च राख्ने । आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने । मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने । उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।

१७. व्यायाम : सकभर घरभित्र व्यायाम गर्ने । भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ ।

१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने । गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने । चुरोट, खैनी, रक्सी सेवन नगर्ने ।

१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।

२०. ब्यबसाय परिवर्तन : अबको २-३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर / होम डेलिभरीको पेशा निकै चल्नेछ । तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने । आदि ।

himalpost.com

No Comments

कर्मचारी सञ्चय कोषले ल्यायो घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना !!!

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा योजना ल्याएको छ । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा ल्याएको हो ।   

एक अधिकृतस्तरको सरकारी कर्मचारीले ९अहिलेको तलव ३१४८८ रुपैयाँ० घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ । यो कर्जा सञ्चय कोषमा बचत गर्ने निजी क्षेत्रका कर्मचारीले पनि पाउँछन् ।
 
लिने कसरी ? 

घर कर्जा लिनका लागि केही प्रकृया पुरा गर्नु पर्छ । तयार पानुपर्ने  कागजपत्रहरु यस प्रकार छन् :

  • जागिर सेवा अवधि वा पदावधि र तलव प्रमाणित कागजपत्र 
  • घर बनाउने ठाउँको नक्सा र डिपिसि पास भएको कागजपत्र
  • माथिका कागजपत्र सहित एक हजार शुल्क तिरेर सञ्चयकोषको घर सापटी फारम भर्ने
  • सञ्चय कोषले उक्त कागजपत्र मुल्याङ्कनको लागि मुल्याङ्कन विभागमा पठाउने ।
  • सञ्चय कोषमा रहेका सूचिकृत मुल्यांकनकर्तालार्इ तीन हजार रुपैयाँ शुल्क तिर्ने
  • मुल्यांकन रिपोर्ट आएमा धितो मुल्यांकन पास हुन्छ
  • यी सबै प्रक्रिया पुर्याएर आएको निवेदकले ७ दिन भित्र रकम पाउने छ । 

 
फरक घरकर्जा योजना

यदि सञ्चयकर्ताले २०७३ असार मसान्त सम्ममा घर कर्जा लिएको छ र त्यो कर्जाले घर बन्न सकेन भने त्यस्ता सञ्चयकर्ताले फरक घरकर्जा योजनामा सहभागी भएर थप कर्जा लिन सक्नेछन् । त्यसका लागि सञ्चयकर्ताले नियमित किस्ता रकम भने तिरेको हुनुपर्छ ।
 
यसरी कर्जा लिँदा धितो मुल्यांकनलाई नै आधार मान्दै सञ्चयकर्ताको अहिलेको तलवका आधारमा पाउने कर्जाको रकम घटाएर बाँकी कर्जामा दिइनेछ । 
 
कर्जा तथा असुली विभागका अनुसार एक जना खरिदारले पहिला २० लाख कर्जा लिएका थिए र त्यो कर्जाले उनको घर पुरा भएन भने अहिलेको तलव अनुसार पाउने  ४० लाखमध्ये २० लाख रुपैयाँ घटाएर उनले थप २० लाखसम्म कर्जा लिन सक्नेछन् ।
 
मर्मत कर्जा योजना

मर्मत कर्जा योजना पनि घर कर्जा लागु भएको क्षेत्रमा मात्रै कार्यान्वयनमा छ । यो सुविधा लिन पनि सञ्चयकर्ताले नियमित किस्ता तिरेको हुनुपर्छ ।
 
घरकर्जा लिएकाले १२ लाख ५० हजार र घर कर्जा नलिएकाले २५ लाख मर्मत कर्जा पाउने व्यवस्था छ ।  मर्मत कर्जामा भूकम्प पिडितलाई भने १ प्रतिशत ब्याज कम गरि ७।२५ प्रतिशत मात्रै कायम गरिएको छ ।
 
कहाँबाट पाइन्छ घर कर्जा  ?

काठमाडौं उपत्यकाका लागि ठमेलमा रहेको सञ्चयकोषको कार्यालयले घर कर्जा दिन्छ । उपत्यका बाहिर धनकुटा सञ्चयकोष कार्यालय बाहेकका सबै कार्यालयले घरकर्जा दिनेछ ।
 
धनकुटा कार्यालयमा अर्को वर्षबाट मात्र यो सुविधा दिइने कोषले जनाएको छ । धनगढी, सुर्खेत, कोहलपुर, बुटवल, पोखरा, हेटौडा र बिराटनगरबाट घरकर्जा दिन सुरु गरेको कर्जा तथा असुली विभागले जनाएको छ । विभागका अनुसार घर कर्जा लागु भएका सबै ठाउँबाट मर्मत कर्जा पनि लिन सकिनेछ । 

कस्तो ठाउँमा हुनु पर्छ जमिन ?

घरकर्जा लिन भने जग्गा सुगम ठाउँमा हुनुपर्छ । सञ्चयकोषले ऋण असुलीमा समस्या नहोस भनेर बजार एरिया र मुख्य बाटो भएका ठाउँमा मात्र घर कर्जा दिने गरेको छ ।
 
सबै जिल्ला र सबै क्षेत्रमा यो सुविधा लागु भएको छैन । घरकर्जा लिन सञ्चयकर्ताको जमिन कम्तिमा सहजै बिक्री हुने ठाँउमा हुनुपर्छ ।
 
कति पाईन्छ घरकर्जा ?

सञ्चयकर्ताको पदावधी वा सेवा अवधी १० वर्षभन्दा बढी छ भने उसले १५ वर्षको तलव बराबर र १० वर्षभन्दा कम छ भने १२ वर्षको तलव बरावर घरकर्जा लिन पाउँछ।
 
त्यसका लागि उसको तलव अनुसार पाउने कर्जा रकम बराबरको धितो भने देखाउनु पर्छ। तर १ करोड भन्दा बढी रकम लिन नपाउने व्यवस्था छ । 
 
एक खरिदारले अहिलेको तलव स्केल अनुसार १० वर्ष भन्दा बढी सेवा अवधि बाँकी छ भने करिव ४० लाख रुपैयाँ घरकर्जा पाउनेछन् । कर्जा तथा असुली विभागका अनुसार जमिन घर कर्जा लागु भएको क्षेत्रमा र धितो मुल्यांकन भएको जमिन २० लाख मूल्य बराबरको हुनु पर्नेछ ।

पहिलो किस्तामा ५० प्रतिशत रकम मात्र भुक्तानी गर्ने हुनाले २० लाख मुल्यांकन भए पनि उनले रकम पाउँछन् । घर बन्दै गएपछि मुल्यांकन थप गरेर बाँकी रकम लिन सक्छन ।
 
पुन मुल्यांकन थप गर्दा एक हजार रुपैया थप शुल्क लाग्नेछ । सबै रकम ४ किस्तामा लिइसक्नु पर्छ ।  एक किस्ता लिएर सञ्चयकर्ताले घरको काम अघि बढाएन भने वा नियमित किस्ता तिर्न छोडे अर्को किस्ता रकम भने लिन पाउँदैन ।
 
२ वर्षसम्म किस्ता तिर्न नपर्ने

सञ्चय कोषका सञ्चयकर्ताले सरल चक्र कर्जा बाहेक जुनसुकै कर्जा लिएपनि  पहिलो २ वर्ष सम्म साँवा ब्याज केही पनि तिर्नु पर्दैन । पहिलो २ वर्षको ब्याजलार्इ साँवामा रुपान्तरण गरी पछि एकमुस्ट ब्याज र साँवा किस्ता अनुसार तिर्दै जानु पर्छ । यसरी तिर्न नपर्नेमा शैक्षिक कर्जा घरकर्जा र विशेष कर्जा योजना रहेका छन् ।
 
कसले रकम राख्न सक्छ ?

अहिलेको ब्यवस्था अनुसार सबै सरकारी कर्मचारी र कम्तिमा १० जना कर्मचारी कार्यरत निजी संस्थाले कर्मचारी सञ्चयकोषसँग साझेदारी गरी कोष जम्मा गर्न सक्छन् ।
 
कुनै पनि निजी कम्पनीको बोर्ड बैठकले निर्णय गरी १० प्रतिशत कर्मचारीको तलवबाट र १० प्रतिशत कम्पनीले जम्मा गर्ने गरी कोष जम्मा गर्न पाउँछन । यसरी कोषमा रकम जम्मा गरिसकेपछि उनीहरुले पनि अन्य सञ्चयकर्ता सरह नै  सुविधा पाउने कर्जा तथा असुली विभागले जनाएको छ ।

Bankingsamachar.com

No Comments

लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय, हवाई उडान पनि असार १६ गतेसम्म बन्द

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमाना र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

No Comments

६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने

आगामी वर्ष भित्र ६० वटा मालपोत कार्यलायलाई स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ।

यसैगरी महिलाको नाममा जग्गा किने थप सहुलियत दिने पनि सरकारको योजना छ। यस अघि महिलाको नाममा रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका थिए।

कृषि कार्य गर्न चाहनेलाई भूमि बैंकमार्फत जमिनको सुनिश्चितता गर्न ३०० स्थानीय तहमा भूमि बैंकको स्थापना हुने भएको छ।

भूमि बैंकले प्रयोगविहीन सरकारी, व्यक्तिगत जमिन र नदि नियन्त्रणबाट उकास भइ प्राप्त बाँकी रहेको जमिन कृषि कार्यको लागि प्रयोग गर्न चाहने व्यक्ति र संस्थालाई लिजमा दिने छ।

त्यसरी लिजमा लिने व्यक्ति तथा संस्थाले कृषि सामग्रीमा खरिदमा सहुलियत पाउने छन्।

बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंक स्थापना गर्दै सबै स्थानीय तहमा पुर्‍याउने सरकारको योजना छ। भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको छ।

भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोगबाट आगामी वर्ष भित्र सुकुम्बासी समस्या समाधान गर्न १०० स्थानीय तहमा कार्यक्रम गरिने भएको छ।

भू उपयोग नक्सा तयार गरि वर्गिकरण गर्ने र उत्पादनशील जमिनको खण्डिकरणलाई दुरुत्साहित गर्दै बसोबास योग्य जमिनको नक्सांकन गरिने छ।

नापजाँच छुटेका गाउँ ब्लक जग्गा नापजाँचका लागि एक अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

No Comments

ललितपुर महानगरपालिका वडा नम्बर २२ का एक पुरुष कोरोनाभाइरसका कारण मृत्यु!!!

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो। सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो।’

ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

No Comments

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, संक्रमित संख्या २८१ पुग्यो!!

नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।

मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको अस्तपालले जनाएको छ।

ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्।

पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।

मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ। नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो। 

मृतक तस्विर: सामाजिक संजाल फेसबुक( रामकृष्ण ढकाल)