click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

यस्तो आयो नेपाल सरकारको नीति तथा कार्यक्रम (हाइलाइट्स)

Posted by NepalSpace.com on May 16, 2020
0 Comments

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा लगानी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्ध गराएको नीति तथा कार्यक्रमको प्रति उनले पढेर सुनाएकी हुन् ।

यस्तो छ नीति तथा कार्यक्रमको हाइलाइट्स :

  • –कोभिड-१९ महामारीका कारण मानवजातीमाथि सबैभन्दा ठूलो संकट पैदा भएको छ । जसका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएका छन् ।
  • कोरोनाका कारण विभिन्‍न मुलुकमा ज्यान गुमाउने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका परिवारजनमा गहिरो समवेदना प्रस्तुत गर्दछु ।
  • कोरोना संक्रमित भइ उपचाररत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना ।
  • यस महामारीबाट हुने आर्थिक क्षतिको पूर्ति आगामी दिनमा हुनसक्छ । प्रविधिको विकास र समाजको समृद्धि फेरि रुपान्तरण हुन्छ । तर, मानवजातिको संरक्षण सरकारहरुको सर्वोच्च कतर्व्य हुन आएको छ । 
  • सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्यात्मक रणनीति र नेपालीको धैर्यता र सहयोगले अहिलेसम्म कोरोनाबाट हामी नागरिकको जीवन रक्षा गर्न सफल भएका छौं । 
  • हामीले अपनाएको लोकतन्त्र परिपूर्ण लोकतन्त्र हो ।यसले समृद्धिसहित राष्ट्रियता एकतालाई बलियो बनाउँछ । 
  • राजनीतिक स्थायीत्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि महत्वपूर्ण हुन्छ । राजनीतिक स्थायीत्वमा मात्र जनादेशको सम्मान हुन्छ । 
  • यस सरकारका लागि नेपालको धर्ती, प्रकृति, संस्कृति र नेपालीको सम्मान र नागरिकको संरक्षणभन्दा ठूलो केही छैन ।
  • नेपालीको गौरव बढाउनेतर्फ पूर्ण इमान र योजनाहरु केन्द्रित गरेको छ । 
  • यो सरकारले सिंगो कार्यकालका लागि तय गरेका लक्ष्य र प्रतिबद्धताहरु गत दुई आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत कार्यान्वय हुँदै आएका छन् । 
  • यो सरकारले तय गरेका लक्ष्यहरुको कार्यान्वयन परिणाममुखी छन् । 
  • प्रदेश र स्थानीय तहको प्रशासनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन गरिएको छ ।
  • कोभिड-१९ को सामना गर्नेक्रममा प्रदेश र स्थानीय तहमा भएका कामहरुले ती निकायमा भएका कामहरुको महत्व प्रष्ट्याएको छ ।
  • कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि सरकार सुरुदेखि नै क्रियाशिल छ । सरकारले यसका लागि निजी तथा अन्य सार्वजनिक निकायसँग सहकार्य गरेको छ । 
  • महामारी र बन्दाबन्दीबाट प्रभावित उद्योगधन्दा र गरिब र दैनिक मजदुरका लागि आवश्यक सहुलियतको प्रबन्ध गरिएको छ । 
  • हाम्रो सार्वभौमसत्ता, स्वाभिमान र राष्ट्रिय एकता सुदृढ भएको छ । बहुदलीय राजनीतिक प्रणाली, स्वतन्त्र न्याय प्रणाली र मौलिक हकको कार्यान्वयनका लागि सरकार अविचलित लागिरहेको छ । 
  • सरकारले संयुक्त राष्ट्र संघको बडापत्र र पञ्‍चशीलको सिद्धान्तलाई आधार बनाउँदै राष्ट्रिय हितको संरक्षण गर्ने गरी परराष्ट्र नीतिको कार्यान्वयन गरिरहेको छ । 
  • मुलुकमा सुशासन कार्यान्वयन गर्न सरकार क्रियाशील छ । 
  • शान्ति सुव्यवस्था कायम गरिएको छ । भ्रष्टाचारमा संलग्न जोकोहीले पनि उन्मुक्ति नपाउने कुरालाई स्थापित गरेको छ । 
  • विस २०८७ अगावै दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्नेमा सरकार दृढ छ । 
  • यही वर्ष विकासशील राष्ट्रमा र विस २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी सामाजिक र आर्थिक योजनाहरु अघि बढाइनेछन् । 
  • आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थललगायतका ठूलो पूर्वाधारको विकासमा सरकार अघि बढेको छ । 
  • तुइन प्रतिस्थापन गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छ । 
  • पालका विभिन्ि‍न भागमा पहिचान भएका खानीहरुको उत्खनन र अन्वेषण अघि बढाइएको छ । 
  • १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने, प्रसारण लाइन विस्तार गर्ने र वितरण प्रणाली सुदृढ र अन्तर्राष्ट्रिय विद्युत व्यापारका लागि काम भइरहेको छ । 
  • सामाजिक विकासका प्रमुखहरु सूचकहरु सकारात्मक थिए । यी सूचकहरुका साथ सरकार अघि बढिरहेको अवस्थामा कोरोना महामारीको चपेटामा परेको थियो । विकासको आकांक्षा र गतिमा धक्का पुगेको छ। 
  • अबको कार्यदिशा स्वास्थ्य, शिक्षा र रोजगारीतर्फ हुनेछन् । 
  • विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुनसक्ने, मुलुकको आयमा कमी आउनसक्ने, प्राथमिकता क्षेत्र फरक हुने भएकोले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने । 
  • आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा थप क्षति हुन नदिने गरी अघि बढ्‍ने ।
  • स्वास्थ्य शिक्षा र सामाजिक जीवनका क्रियाकलाप अघि बढाउने ।
  • समग्र सन्तुलित विकासका लागि सरकारले तय गरेका आयोजनाहरु तोकियएको समय र लगानीमा पूरा गर्ने ।
  • उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्ने । 
  • अन्तर्राष्ट्रिय श्रम बजार खुम्चिनसक्ने भएकोले स्वदेशमै रोजगारीको अवसरहरु सिर्जना गर्ने ।
  • नेपाललाई कोभिड-१९ महामारीमुक्त देश बनाउनु यस सरकारको पहिलो प्राथमिकता भएको छ । 
  • कोरोना संक्रमणको नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराउने र स्वास्थ्यकर्मी परिचालन गर्ने । 
  • आन्तरिक आवागमन सुचारु गर्ने र कृषि तथा औधोगिक विकासलाई तीव्रता दिने । 
  • कोभिड-१९ पछिको थप कार्ययोजना तय गरी क्षेत्रगत रुपमा कार्यान्वयन गरिनेछ । 
  • महामारी अनपेक्षित रुपमा लम्बिन गएको अवस्थामा थप प्रभावकारी कदम चाल्दै थप स्रोत साधन परिचालन गर्नेछ । 
  • नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने अभियानमा थप दृढताका साथ अघि बढ्‍नेछ । 
  • गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानीमा सबैको समतामुलक पहुँच स्थापित गर्नेछ । 
  • शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप बलियो बनाउँदै निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिनेछ । 
  • स्वास्थ्य क्षेत्रको पुनसंरचना गरिनेछ ।
  • निरोगी नेपाल निर्माण यस सरकारको मुल नीति रहेको छ । नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न कार्यक्रम सञ्‍चालन गरिनेछ । 
  • मुलुकभरका ६७१ स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा उपलब्ध वडा घोषणा गरिएको छ । आगामी वर्षमा सबै वडामा खोप सेवा पुर्‍याउनेछ ।
  • भूगोल र जनसंख्याको आधारमा स्थानीय तहमा ५ देखि १५ शय्याको अस्तपताल निर्माण गरिनेछ । 
  • सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारयणी  भेरी र डडेल्धुराबाट विशिष्टिकृत स्वास्थ्य सेवाको उपलब्ध गराइनेछ । ५०० शय्याको रुपमा विकास गरिनेछ ।
  • ३०० शैय्याको केन्द्रीय र न्युनतम ५० शैय्याको अत्याधुनिक सरुवा रोगको अस्पताल स्थापना गरिनेछ ।
  • वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षमाथिको रक्तचाप, मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ ।
  • आम नागरिकलाई योगाअभ्यास र शारीरिक व्यायामसहितको जीवनशैली अपनाउन प्रोत्साहन गरिनेछ । 
  • एकिकृत एम्बुलेन्स सेवा विस्तार गर्ने ।
  • प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टर स्थापना गरिनेछन् । 
  • कान्ति बाल अस्पतालाई बालरोगका विधाका लागि उच्च शिक्षा अध्ययन केन्द्रको रुपमा विकास गरिनेछ । 
  • सबै मेडिकल कलेजले जिल्लास्थित कम्तिमा एक अस्पतालमा शल्यसहितको सेवा दिनुपर्ने र महिलाहरुले स्याटेलाइट सञ्‍चालन गर्नुपर्नेछ । 
  • सबै अस्पतालहरुबाट विपत र महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ । 
  • सेन्टर फर डिजिज् कन्ट्रोल स्थापना गरिनेछ । फुड एन्ड ड्रग एड्‍मिन्स्ट्रेसन स्थापन गरिनेछ । 
  • स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिललाई मितव्ययी बनाउन एकिकृत छाता ऐन बनाइने छ ।
  • अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क र क्‍वारेन्टाइन स्थापना गरिनेछ । 
  • स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिनेछ । 
  • विरेन्द्र सैनिक अस्पताललाई आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने गरी विकास गरिनेछ । 
  • सबै नेपालीलाई देशभक्त र आत्मविश्वासी बनाउने यस सरकारको शिक्षा नीति हो । 
  • राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयन गरिनेछ । 
  • आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिनेछ ।
  • मदन भण्डारी र योगमाया विश्वविद्यालयको सञ्‍चालनका लागि आवश्यक तयारी पूरा गरिनेछ । 
  • चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश स्‍नात्तकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक क्षेत्रमा मुलुकभर परिचालन गरिनेछ ।
  • विद्यालयबाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सम्पूर्ण बालबालिका भएको निश्चित गरिनेछ । 
  • बालबालिकालाई विद्यालय ल्याउँ र पढाइमा टिकाउ अभियानअन्तर्गत सबै विद्यार्थीले कम्तिमा माध्यमिक तह पूरा गर्ने व्यवस्था मिलाइनेछ । 
  • विज्ञान अध्ययन केन्द्रहरुको स्थापना गरिनेछ । प्राविधिक शिक्षा विस्ता गरिनेछ । नेपाल भर ६०७ स्थानीय तहमा प्राविधक शिक्षाको विस्तार गरिएको छ । 
  • विद्युतीय शैक्षिक सामग्री उत्पादन गर्ने र विद्यालयमा इन्टरनेटको क्षमता बढाइनेछ । 
  • दक्ष श्रमिक, कामको सम्मान, उपयुक्त पारिश्रमिक र श्रमिकको संरक्षण यस सरकारको प्रमुख नीति हुनेछ ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरु फर्किने सम्भावना रहेकोले बेरोजगारीको संख्या बढ्‍नेछ । 
  • विदेशबाट फर्किएकाहरुलाई कृषि, उत्पादनमुलुक र निर्माणका क्षेत्रमा परिचालन गरिनेछ । 
  • आवश्यकता अनुसार सबै स्थानीय तहमा छोटो अवधिका घुम्ति तालिम सञ्‍चालन गरिनेछ । 
  • वैदेशिक रोजगारीबाट फर्किएका अनुभवी र उद्यमशीललाई उद्यम व्यवसाय सुरुआत गर्न सुरुआती पूँजी उपलब्ध गराइनेछ ।
  • शिक्षित बेरोजगार युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा प्रोजेक्टका आधारमा सुरुआती पूँजी उपलब्ध गराई भरसक उनीहरुको शिक्षामा आधारित प्रोजेक्ट निर्माण गरिनेछ । 
  • श्रम बजारमा रहेका श्रमिकको सिप उपयोग गर्न श्रम सूचना बैंक स्थापना गरिनेछ । 
  • रोजगारदाता र श्रमिक संगठनबीच असल श्रम सम्बन्ध विकास गरिनेछ ।  श्रम अडिटलाई थप व्यवस्थित गरिनेछ । सबै किसिमका श्रम शोषण अन्त्य गरिनेछ । 
  • सामाजिक सुरक्षा र संरक्षका कार्यक्रमलाई एकिकृत रुपमा कार्यान्वयनमा ल्याइनेछ । 
  • अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारमा गएकालाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा ल्याइनेछ । 
  • गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था गर्नेछ । गरिबीका कारणले कोही भोकै मर्दैन कोही पर्दैन भन्‍ने सरकारको प्रतिबद्धता हो ।
  • आगामी वर्ष ठूला पूर्वाधार लगायतका क्षेत्रका उत्पादनशील क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ । 
  • सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने र लगानीको आधार बलियो बनाइनेछ । 
  • विकास आयोजनालाई निर्धारित समय र लागतमा सम्पन्‍न गरिनेछ । 
  • सरकारी क्षेत्रबाट हुने खर्चको गुणस्तर कायम गरिनेछ । फजुल र अनुत्पादक खर्च कटौती गरिनेछ । 
  • स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान सञ्‍चालन गरिनेछ । 
  • कृषिलाई मुख्य रोजगारीकाो रुपमा विस्तार गरिनेछ । कृषि क्षेत्रको रुपान्तरणका लागि विशेष कार्यक्रम नेपालभर विस्तार गरिनेछ । 
  • कृषि उत्पादन, प्रशोधन र बेचबिखनका सम्बन्धमा नेपाल सरकारले उपलब्ध गराउने सहुलियत उपलब्ध गराउनका लागि सूचीकरण गर्न लगाइनेछ । 
  • कृषि अनुसन्धानलाई टेवा पुर्‍याउन हरेक प्रदेशमा agriculture and livestock excellence center स्थनापना गरिनेछ ।
  • स्थानीय मौलिक खाद्यान्न, तरकारीबाली र पशुपंक्षीको बहुप्रयोगको बारेमा अनुसन्धान गरिनेछ ।
  • कृषिलाई आयमुलक, मर्यादित र उत्पादनशील पेशाको रुपमा विकास गरिनेछ । 
  • प्राकृतिक वरदानका लागि भूधरातल, जलवायु र जैविक विविधताको अधिकतम उपयोग गरी पोषक र औषधीय गुण भएका उत्पादन गर्न प्रोत्साहन गरिनेछ । 
  • भूमि प्रयोगविहीन हुने स्थितिको अन्त्य गर्नेछ । सडक, सार्वजनिक वन क्षेत्र, नदि उकास र उपयोगविहीन सरकारी जमिनमा फलफूल र अन्य विरुवा रोप्नेछ । खेतबारीको कान्लामासमेत दलन र तरकारी लगाउन प्रेरित गरिनेछ । सहरमा कौशी र गमला खेती प्रबर्दधन गरिनेछ।
  • कपास, रेशम उन र अन्य विभिन्‍न प्रकारका धागोको लागि उत्पादन र बजार व्यवस्थापन गरिनेछ ।
  • माटो जाँचका लागि प्रयोगशाला स्थापना गरिनेछ । 
  • कृषकले लागतका आधारमा उचित मुल्य प्राप्त गर्नका लागि व्यवस्था गरिनेछ । र कृषकको बचत सुनिश्चित गरिनेछ । अण्डामा आत्मनिर्भर भएको नेपाल दुध, मासु र माछाको उत्पादनमा आत्मनिर्भर नजिक पुगेको छ ।
  • पशुबाट सर्ने रोग निदान, नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइन, प्रयोगशाला र उपचारकेन्द्र स्थापना गरिनेछ ।
  • खाद्य स्वच्छता प्रबर्दधनका लागि कानुनी व्यवस्था गरिनेछ । 
  • जलवायु परिवर्तन र रोगबाट हुने कृषि क्षेत्रमा आउनसक्ने क्षति कम गरिनेछ । 
  • भूमि बैंक स्थापना गरिनेछ । 
  • बन र जैविक विविधता संरक्षणलाई सरकारले उच्च महत्व दिएको छ । दुई वर्षमा चार करोड विरुवा उत्पादन गरी कृषकलाई वितरण गरेको छ । सरकारीस्तरबाट ७ हजार हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । 
  • सबै प्रदेशमा कम्तिमा एक कृषि वन कार्यक्रम कार्यान्वयन गरिनेछ । 
  • समृद्धिका लागि वन कार्यक्रम सुरु गरी कार्यक्रम गरिनेछ । 
  • चुरे क्षेत्रको दोहन पूर्णरूपमा रोक्ने ।
  • नेपाली जडीबुटीको ब्रान्डिङ गरी बिक्री गरिनेछ । 
  • राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पुनर्संरचना गरिनेछ ।
  • सरकारले स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने । तथा राजधानीलगायत सहरलाई हरित सहर बनाइने ।
  • राजमार्गको निश्चित दूरीमा खाने पानी र शौचालय निर्माणका लागि प्रोत्साहित गरिने ।
  • भू उपयोग बमोजिम जग्गा वर्गिकरण गरिने । 
  • हिमाल संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सरकारले २८ हजार मुक्त कमैया पुनर्स्थापना गरेको छ ।
  • देशभरका १०८ मालपोत कार्यालयहरुबाट सूचना प्रविधिमा आधारित घरजग्गा रजिस्ट्रेसन सुरु भएको छ । आगामी वर्ष सम्पूर्ण मालपोत कार्यालयबाट विद्युतीय माध्यमबाट घरजग्गा दर्ता गरिनेछ । 
  • अव्यवस्थित बसोबासको समस्या समाधान गरिनेछ । 
  • सरकारी र सार्वजनिक गुठी जग्गाको संरक्षण गरिनेछ । 
  • सरकारले उद्यमशिलता, रोगजारी र उत्पादनमा वृद्धि हुन्छ नेपालको समृद्धि नारा लिएको छ । 
  • निजी क्षेत्रको संलग्नतामा बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई उपयुक्त विधि तथा व्यवस्थापन बनाएर सञ्चालनमा ल्याइने ।
  • सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगलाई निजी क्षेत्रको सहभागीतामा पुन:सञ्‍चालन गरिनेछ । 
  • दैलेख लगायतका १० स्थानमा पेट्रोल अन्वेषण कार्यक्रम सुरु भएको  छ। आगामी वर्ष दैलेखमा पेट्रोलियम र बैतडीमा फस्फोरस अन्वेषण कार्यक्रम सम्पन्‍न गरिनेछ । 
  • दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धको उपयोग गरी अन्तर्राष्ट्रिय व्यापार वृद्धि गरिनेछ । 
  • चिनयाँ बन्दरगाहबाट तेस्रो मुलुकसँगको व्यापार विस्तार गरिनेछ । 
  • विदेशबाट फर्केकालाई पूर्वाधार, साना उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने ।
  • नेपालगन्जमा एकिकृत जाँच चौकी स्थापना गरिन्छ । 
  • कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्‍चनपुरको दोधारा चाँदनीस्थित कन्जभोगमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भिक कार्य सुरु गरिनेछ ।
  • बन्दरगाह सञ्‍चालनका लागि आवश्यक कानुन बनाइनेछ । चोभारको सुख्खा बन्दरगाह आगामी दुई वर्षमा सञ्‍चालनमा ल्याइनेछ । 
  • पानी, ढुंगा, काठको निकासीको अध्ययन गरी सम्भावित निर्यातको सम्भाव्यता अध्ययन गरिनेछ ।
  • व्यापारिक फर्मका अभिलेखहरुलाई सूचना प्रविधिको पहुँचमा ल्याइनेछ । 
  • संघमा एक लाख मेट्रिक टन र प्रदेशमा कम्तिमा ३० हजार मेट्रिक खाद्यान्न मौज्दात राख्‍ने गरी भण्डारण क्षमता बढाइनेछ । 
  • निजी क्षेत्रको सहभागीता गोदामका लागि खाद्यान्न बैंक स्थापना गरिनेछ । 
  • अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिनेछ । 
  • दुईवटा आन्तरिक विमानस्थलको निर्माण सम्पन्इ‍न गरिनेछ ।
  • हिमाली र पहाडी क्षेत्रमा अध्याधुनिक हिल स्टेशन र पर्यटकीय होटल तथा रिसोर्टहरु निर्माण गरी प्रोत्साहन गरिनेछ । 
  • पर्यटकीय होटल तथा रेस्टुरा सञ्चालमा प्रोत्साहन गरिने ।
  • गाैतम बुद्ध अन्तरार्ष्ट्रिय विमानस्थल आगामी वर्षदेखि सञ्चालन गरिने । 
  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्‍ने प्रक्रिया अघि बढाइनेछ । 
  • नेपालको भाषा तथा कला संयस्कृतिको संरक्षण गरिने । 
  • सातै प्रदेशमा वाटर एम्बुलेन्स सुरु गरिएको र आगामी वर्ष यसलाई थप विस्तार गरिने ।
  • आगामी तीन वर्षमा संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा हरेको घरमा खानेपानी पुर्‍याइनेछ ।
  • आगामी आर्थिक वर्षभित्र मेलम्चीको निर्माण कार्य सम्पन्‍न गरिनेछ ।
  • शुद्ध खानेपानीको प्रत्याभूतका लागि महाकाली, कर्णाली र कोशीलगायतका नदीमा थोक वितरण र जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गरिनेछ ।
  • सहरन्मुख क्षेत्रमा ढल निर्माण  र व्यवस्थापन कार्य सञ्‍चालन गरिनेछ । 
  • दुर्घटना कम गर्न राष्ट्रिय राजमार्ग निर्माण गर्दा सडक सुरक्षा परिक्षण गरिने ।
  • राष्ट्रिय महत्वका पूर्वाधारहरु अन्तर्राष्ट्रिय गुणस्तरका आधारमा निर्माण गरिनेछन् । 
  • सडक सुरक्षा र सौन्दर्यका आधारभूत संरचना निर्माण गरिनेछ । 
  • मदन भण्डारी राजमार्ग आगामी ५ वर्षभित्र सञ्चालन गर्ने गरि काम गरिने ।
  • पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाइने ।
  • मदनभण्डारी राजमार्गलाई पाँच वर्षभित्र सम्पन्‍न गर्नेगरी आगामी आर्थिक वर्ष १५५ किमि सडक कालोपत्रे गर्नुका साथै झापा-धरान खण्डमा सडकपुल निर्माण गरिनेछ । 
  • नागढंगामा १ वर्षमा १ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ ।
  • विभिन्न ठाउँबाट काठमाडौं जोड्ने रेल मार्गको प्रारम्भिक अध्ययन सम्पन्न ।
  • भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सञ्‍चालनका लागि काम भइरहेको छ । पूर्वपश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । 
  • तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाइने  ।
  • विद्युतीय यातायात प्रणालीलाई विस्तार गरिने ।
  • भारतीय सीमाबाट नेपालका मुख्य औद्योगिक क्षेत्रमा आउने रेलमार्गको अध्ययन भएको छ । 
  • आगामी वर्ष रसुवा-काठमाडौ‌ं रेलमार्ग र विरगन्ज-काठमाडौं रेलमार्गको प्रारम्भिक कार्य सुरु गरिनेछ ।
  • भारतको जयनगरदेखि विजलपुरासम्म रेल  सञ्चालन हुने गरी काम भइरहेको छ । 
  • सार्वजनिक याताया सेवालाई सहज, पहुँचयोग्य, विश्वसनीय बनाइनेछ । सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गरिएको छ । 
  • सुरक्षित नागरिक आवास अभियानलाई देशभर विस्तार गरिने र देशभरका फुसका छानालाई टिनले प्रतिस्थापन गरिने ।
  • भारतीय आन्तरिक जलमार्गसँग जोडिने गरी कोशी, कर्णाली र गण्डकी जलमार्ग विस्तार गरिनेछ । गण्डकीलाई भारतीय जलमार्ग गर्ने र तीन वर्गमा गण्डकीमा जलयातायात सञ्‍चालन गरिनेछ । 
  • नेपालको आफ्नै ध्वजाबाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुन्द्रसम्म लैजाने तयारी गरिएकोछ  ।
  • संघीय संसद भवनको निर्माण आगामी तीन वर्षमा सम्पन्‍न गरिनेछ । 
  • संघीय संसद भवनको निर्माण आगामी तीन वर्षमा सम्पन्‍न गरिनेछ । 
  • भारतको आन्तरिक जलमार्गसँग जोडिने गरी कोसी, गण्डकी र कर्णाली जलमार्ग विकास गरिनेछ, गन्डकी नदीलाई भारतीय जलमार्गसँग जोड्ने र ट्रमिनल निर्माण गरी ३ वर्षभित्र जलयातायात सञ्चालन गरिनेछ ।
  • राजधानी उपत्यका वरपर चार वटा उपशहर निर्माण गरिने ।
  • आगामी वर्ष विद्युत जडित क्षमता ३ हजार मेगावाट पुर्याइनेछ  ।
  • बृहत शहीद पार्क निर्माण गरिने ।
  • दुई वर्षको अवधिमा थप ८ लाख ५२ हजार घरमा विद्युत सेवा पुर्‍याइयो ।
  • आगामी वर्ष, बाग्मती, गन्डकी, प्रदेश नम्बर २ र ५ मा र दुई वर्षभित्र बाँकी प्रदेशमा विद्युतीयकरण गरिनेछ
  • तमोर र माडी जलविद्युत आयोजना अध्ययन गरि निर्माण कार्य अघि बढाइने ।
  • दुध काेशी जलासय परियाेजना अगाडि बढाइने ।
  • आगामी आर्थिक वर्षको अन्त्योमा प्रतिव्यक्ति खपत ३०० किलोवाट पुर्‍याइनेछ । 
  • आगामी आर्थिक वर्षभित्र माथिल्लो तामाकोशीको निर्माण सम्पन्‍न गरिनेछ । बाह्य श्रोत जुटाएर बुढीगण्डकी र पश्चिम सेती आयोजना अघि बढाइनेछ । 
  • प्रमुख राजमार्गहरुमा चार्जिङ स्टेसन निर्माण गरिने  ।
  • पञ्‍चेश्‍वर बहुउद्देयको आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिमरुप दिइ विकास निर्माण अघि बढाइनेछ ।
  • नदी नियन्त्रणका लागि  १ हजार ७० किलोमिटर तटबन्ध निर्माण गरिएको छ ।
  • नदी नियन्त्रणका लागि  १ हजार ७० किलोमिटर तटबन्ध निर्माण गरिएको छ ।
  • मौसम तथा बाढी सूचना समयमै दिइनेछ, जसबाट क्षतिको जोखिम न्यून गर्न २ स्थानमा मौसमी राडार सञ्चालन गरिनेछ  ।
  • सिचाई र कृषिका लागि प्राथमिकताका साथ अघि बढाउने गरी विद्युत सेवा विस्तार गरिनेछ । 
  • भारत र बंगलादेशको विद्युत बजारमा पहुँच स्थापित गरी विद्युत व्यापार अघि बढाइनेछ । 
  • डिजिटल नेपाल फ्रमेवर्क २०७६ कार्यान्वयनमा ल्याइनेछ ।
  • देशभरका ४३१ स्थानीय तहलाई ३६१२ वडा कार्यालय, २५४६ स्वास्थ्य केन्द्र, २९४८ सामूदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटलाई भरपर्दो बनाइनेछ ।
  • मौसम तथा बाढी सम्बन्धी सूचना प्रसार गरि क्षती रोक्न थप दुई ठाउँमा मौसमी राडार राखिने ।
  • महाकाली सिचाई आयोजनाको मुल नहर विस्तारको कार्य अघि बढाइनेछ । 
  • सरकारी निकायहरुले प्रयोगमा ल्याएको एपलाई एकीकृत तथा अन्तरआबद्ध गरी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाइनेछ, जसमा गु्नासो सुनसवाइ र सम्बोधन हुने व्यवस्था गरिनेछ ।
  • १८ हजार ५०० हेक्टर क्षेत्रफलमा सिचाईं व्यवस्था गरिनेछ । 
  • दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहित बनाइनेछ ।
  • दुई वर्षभित्र आफ्नै स्याटलाइट निर्माण गरी सञ्चालन गरिने  ।
  • तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र बितरण गरिने । 
  • हुलाक सेवाको पुन: सञ्चालन गरि नागरिकता, राहदानीलगायत कागजात ओसारपसारको व्यवस्थापन गरिने ।
  • दुई पक्षीय संयन्त्रलाई प्रभावकारी बनाई सीमा क्षेत्रको कटान र ढुबानका समस्यालाई समाधान गरिनेछ । दुई पक्षीय अनुगमन र नियन्त्रण कार्य अघि बढाइनेछ ।
  • दुर्गम क्षेत्रका गर्भवति महिलालाई हवाई उद्धारलाई थप विस्तार गरिने ।
  • आमसञ्चारलाई मर्यादित र व्यवसायिक बनाइनेछ, त्यसका लागि कानूनी र संस्थागत सुधार गरिनेछ ।
  • पत्रकारको दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई परिचालन गरिनेछ ।
  • हुलाकमार्फत राहदानी पुर्याउने व्यवस्था मिलाइनेछ ।
  • इन्टरनेट सेवा सुलभ, सहज र सरलरुपमा उपलब्ध गराउने सेवाग्राहीको पूर्वाधार निर्माणमा सहयोग गरिनेछ । 
  • ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचय पत्र वितरण गरिनेछ । 
  • सरकारी कारोबारलाई नगदरहित बनाइनेछ । 
  • सरकारी निकायले प्रयोगमा ल्याएका एप्सहरुलाई एकिकृत गरी प्रभावकारी र अनुगमन र गुनासो सुनुवाई हुने व्यवस्था मिलाइनेछ । 
  • सुरक्षित छापाखाना स्थापना गरी सार्वजनिक महत्वका कागजातको सुरक्षित मुद्रण गरिनेछ । 
  • आमसञ्‍चार क्षेत्रलाई मर्यादित बनाउन कानुन निर्माण गरिनेछ । 
  • स्थानीय तहको संलग्नतामा ज्येष्ठ नागरिक मिलन कार्यक्रम सञ्चालन गरिने । र, उनीहरूबाट ज्ञान पुस्तान्तरण गरिने ।
  • पत्रकार दुर्घटना बिमा र पत्रकार वृति कोषलाई पत्रकारको हितमा प्रयोग गरिनेछ । 
  • नागरिकका व्यैक्तिक तथा जैविक र  परिचय समेटिएको एकिकृत राष्ट्रिय परिचयपत्र सूचना प्रणालीको विकास गरिनेछ । 
  • आगामी तीन वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । 
  • आगामी तीन वर्षमा सबै स्थानीय तहबाट व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाइनेछ । 
  • स्वास्थ्योपचार सुविधासहितको ज्येष्ठ नागरिक स्थापना गरिनेछ । ज्ञानको पुस्तान्तरण र अनुभवलाई आदानप्रदान गर्न ज्येष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित र विस्तार गरिनेछ । 
  • उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना कार्य अघि बढाइनेछ । 
  • म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न र इमान्दार भएर काम गर्नेछु भन्ने कार्यशैलीको प्रबद्र्धन गरिनेछ ।
  • वित्तीय अपराध नियन्त्रणलाई थप सशक्त बनाउन सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना २०७६÷८१ को प्रभावकारी कार्यान्वयन लगरिनेछ ।
  • सार्वजनिक सेवामा समतामुलक पहुँच सुनिश्‍चित गरी प्रभावकारी सेवा प्रवाह गरिनेछ ।
  • क्षमता र योग्ताको आधारमा अवसर प्राप्त गर्ने प्रणाली कार्यान्वयन गरिनेछ । 
  • भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको अपचलन र दोहन गर्नेलाई कानुनी दायरामा ल्याइनेछ । 
  • म भ्रष्टचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, म देश र जनताका लागि इमान्दार भइ काम गर्नेछु भन्‍ने कार्य संस्कृतिको प्रबर्दधन गरिनेछ । 
  • संक्रमणकालीन न्याय टुंगाेमा पु-याइने 
  • सुशासन, शान्ति सुरक्षा र अपराधमा उल्लेख्य सुधार भएको छ र जनताले महसुस गर्ने गरी शान्ति सुरक्षा प्रत्याभूत गरिएको छ । 
  • नेपाल सार्क मुलुकमध्ये विधिको शासनको सूचकाकंका विश्व शान्तिको सूचकांकमा तेस्रो नम्बरमा रहेको छ । 
  • अपराध अनुसन्धान र अभियोजनलाई तथ्यपरक र वैज्ञानिक बनाइनेछ । 
  • सीमा सुरक्षाका लागि थप बीओपी स्थापना गरिनेछ ।
  • नेपाल प्रवेश गर्ने हरेक विदेशीको अभिलेखलाई थप व्यवस्थित गरिनेछ । 
  • कैदीहरुको सीपलाई थप उत्पादनमुलक बनाइनेछ ।
  • विपद व्यवस्थापनका पूर्वाधार विकास गरी आवश्यक सामग्रीको सबै प्रदेशमा भण्डारण गरिनेछ । 
  • लामो समयदेखि पुनर्स्थापित हुन नसकेको विपद पीडितलाई पुनर्स्थापित गरिनेछ ।
  • न्यायपालिकाको चौथो पञ्‍चवर्षीय योजनाको कार्यान्वयन गरिनेछ । 
  • कुटनैतिक माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गरिनेछ
  • विगतको जनआन्दोलन र द्वन्द्वकालमा घाइते भई थप उपचारको आवश्यक भएकालाई उपचारको व्यवस्था मिलाइनेछ । 
  • लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत भूमि समेटेर नेपालको नक्सा जारी गरिने ।
  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्‍चालनको आवश्यक तयारी पूरा गरिनेछ । 
  • आगामी वर्ष राष्ट्रिय जनगणना, नेपाल जीवनस्तर मापन र सुख संमरक्षण मापन गरिनेछ । 
     
ad

Compare Properties